‘वन टाइम पे’ को नीतिमा स्वतन्त्र उम्मेदवार दीवाकर


‘वन टाइम पे’ को नीतिमा स्वतन्त्र उम्मेदवार दीवाकर

नेपालगन्ज ५ कार्तिक : बाँकेको क्षेत्र नम्बर–२ बाट प्रतिनिधी सभाका स्वतन्त्र उम्मेदवार दीवाकर खनालले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

चुनावी अभियानलाई तिव्रता दिएका दिवाकर हिजोआज दैनिक रुपमा आफ्ना चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुग्ने गरेका हुन् । आफुले चुनाव जितेपछि सबै वर्गको पक्षमा काम गर्ने उनले प्रतिवद्धता जनाए ।

किसान, ब्यापारी, उद्योगी, पेशाकर्मी, श्रमिक लगायतको हकहितमा काम गर्ने उनको जोड छ । किसान तथा मध्यम स्तरका मानिसहरुको सहज साधानको रुपमा प्रयोग हुन आउने रिक्सा, मोटरसाइकल तथा अटो जस्ता साधानहरुमामाथि सरकारले वर्षेनी लगाउँदै आएको करलाई ‘वन टाइम पे’ बनाउने आफ्नो लक्ष्य रहेको स्वतन्त्र उम्मेदवार खनालले मतदातालाई बताइरहेका छन् ।

कृषकहरुले प्रयोगमा ल्याउने ट्रयाक्टर लगायतका साधानमा समेत चर्को मुल्यमा कर बुझाउँदा कृषकहरु मारमा परेको उनको भनाई छ । कृषक तथा मध्यम आय भएकाबाट यस्तो कर उठाउनु भन्दापनि सरकारले सहुलियत दिनुपर्ने नीतिलाई आफु निर्वाचित भएपछि स्थापित गर्ने प्रतिवद्धता जनाएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

आर्ना चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका खनालले भने, ‘एक त कृषक तथा मध्यम आय भएकाले आफ्नो बचतबाट मोटरसाइकल लगायतका साधानहरु आवश्यक परेर लाखौं रकम खर्च गरेर किन्छन, त्यसमाथि वर्षैपिछे सरकारलाई कर बुझाउँदा निकै समस्या परेको मलाई थहा छ ।’

स्वतन्त्र उम्मेदवार खनालले थप स्पष्ट पार्दै भने, ‘मैले मोटरसाइकल लगायतका साधनहरु एक पटक सरकारलाई कर तिरेपछि वर्षोै पटक तिर्नु पर्ने झन्झटलाई समाप्त पार्छु ।’ आफु स्वतन्त्र उम्मेदवार भएपनि शिवसेना लगायत हिन्दुधर्ममा आस्था राख्ने नागरिकको बलियो साथ रहेको उनले बताएका छन् ।