धन्वन्तरी जयन्तीमा विविध कार्यक्रम


धन्वन्तरी जयन्तीमा विविध कार्यक्रम

नेपालगन्ज ६ कार्तिक : नेपालगन्जमा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीमा विविध कार्यक्रम गरिएको छ ।

आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरी उत्पत्ति भएको सम्झनामा आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा स्वस्थ पर्यावरण र समुन्नत स्वास्थ्यका लागि आयुर्वेद भन्ने नारा सहित कार्यक्रम गरिएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरी, आयुर्वेदको महत्व लगायतका विषयमा चर्चा गरिएको थियो । साथै बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत ४ जना कर्मचारीलाई सम्मान पनि गरिएको छ ।

वरिष्ठ कविराज निरीक्षक डाक्टर गीता रेग्मी, कविराज निरीक्षक दिलीप कुमार नायक, वरिष्ठ वैद्य सीताराम चौधरी र कार्यालय सहयोगी बल बहादुर बोहरालाई सम्मान पत्र प्रदान गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले परापुर्वकालदेखि चली आएको आयुर्वेद उपचार पद्धतीलाई व्यापक र प्रभावकारी बनाइनु पर्ने आवश्यक्तामा जोड दिए ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आयुर्वेदीक औषधीले नकरात्मक असर नगर्ने भएकाले यसको अझैं महत्व रहेको भन्दै यसलाई राज्यले सोही अनुरुप व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिए ।

नेपालगन्ज मेडिकल कलेजका निर्देशक डाक्टर सन्तोश शर्माले धन्वन्तरीको योगदान र आयुर्वेदको महत्वको बारेमा प्रकाश पार्दै आयुर्वेद क्षेत्र राज्यको गलत नीतिकाकारण कारण पछाडि पर्दै गएको उल्लेख गरे ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका अधयक्ष डाक्टर अनील कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा धन्वन्तरीको फोटोमा पुष्प अर्पण गरिएको थियो । यस्तै बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका तर्फबाट नेत्रहिन संघ बाँकेमा रहेका १५ जना किशोरकिशोरीलाई च्याबनप्राससहित फलफुल वितरण गरिएको थियो ।