बाँकेका बागी उम्मेदवारलाई एमाले र राप्रपाले गर्‍यो कारवाही


बाँकेका बागी उम्मेदवारलाई एमाले र राप्रपाले गर्‍यो कारवाही

नेपालगन्ज ६ कार्तिक : नेकपा एमाले बाँके र राप्रपा बाँकेले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएका आ–आफ्ना पार्टी सदस्यलाई कारबाही गरेका छन् ।

नेकपा एमाले बाँकेले पार्टी नीति विपरीत एमाले लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्यीय तीर्थ डाँगीले प्रदेश सभा सदस्यको लागि बाँके निर्वाचन क्षेत्र नम्बर– १ ‘क’ बाट स्वतन्त्र उमेदवारी दर्ता गराएको कारबाही गरेको हो ।

पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएका लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य डाँगीलेलाई कारबाही गरिएको एमाले बाँके जिल्ला उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए ।

यसैगरी राप्रपा बाँकेले पार्टीको निर्णय विपरीत स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका बाँके जिल्ला सदस्य प्रदीपजङ्ग शाह र बाँके क्षेत्र नम्बर–१ ‘ख’ मा स्वतन्त्र उमेदवारी दिएका राप्रपा कोहलपुर नगर अध्यक्ष अमरजङ्ग शाह(अर्जुन)लाई कारवाही गरिएको संयुक्त निर्वाचन परिचालन कमिटीका सह–संयोजक ऋषिराम देवकोटाले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

आज दुबै दलले संयुक्त पत्रकार सम्मेलन गरि बागी उमेदवारी दिने आ–आफ्ना पार्टीका सदस्यलाई कारबाही गरेको जनाएका हुन् ।