नेपालगन्जमा काँग्रेससहित गठबन्धनको प्रचार कार्यालय सञ्चालन


नेपालगन्जमा काँग्रेससहित गठबन्धनको प्रचार कार्यालय सञ्चालन

नेपालगन्ज १२ कार्तिकः नेपालगन्जमा पाँच दलिय गठबन्धनको संयुक्त प्रचार–प्रसार कार्यालय सञ्चालनमा आएको छ ।

बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर–२ को प्रचार–प्रसार कार्यालय शनिबारदेखि औपचारिक रूपमा नेपाली काँग्रेले सञ्चालनमा ल्याएको हो । काँग्रेस क्षेत्र नम्बर–२ ले नेपालगन्जको त्रिभुवन चोक पुर्ब लाईनमा उक्त कार्यालय सञ्चालनमा ल्याएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त कार्यालयको नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले रिबन काटेर उद्घाटन गरे । काँग्रेस क्षेत्र नम्बर–२ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, प्रतिनिधी क्षेत्र नम्बर–२ का उम्मेदवार सुदीपनरसिंह राणा, प्रदेश सभा–२ ‘क’ का उम्मेदवार राजकुमार बर्मा, प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल, पुर्बमन्त्री एवम काँग्रेस बाँकेका पुर्बसभापति गजेन्द्र हमाल, पुर्बसभापतिद्वय किरण कोइराला र सनत रेग्मी, पुर्ब सांसद कैलाशनाथ गुप्ता(कसौधन), संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी, पार्टीका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, काँग्रेसका महासमिति निरन्जनसिंह सिजापति, जिल्ला उपसभापति गोपाल अधिकारी, जिल्ला सचिव सुधान्सु कोइराला, कोषाध्यक्ष यज्ञ बस्नेत, लुम्बिनी प्रदेशका समानुपातिक उम्मेदवार माया पुन, सुशिला नेपाली (बादी), मिना बोहरा सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिस्ट, काँग्रेस नेता हुर्मत न्यौपाने, पार्टीका जिल्ला, क्षेत्रका पदाधिकारी तथा सदस्यहरु, भातृ तथा सुभेच्छुक संस्थाका अध्यक्ष एवम प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो ।