निर्वाचन आचारसंहिता विरुद्ध स्वतन्त्र उम्मेदवार शेषको पोष्टरमाथि इस्तियाकको स्टिकर


निर्वाचन आचारसंहिता विरुद्ध स्वतन्त्र उम्मेदवार शेषको पोष्टरमाथि इस्तियाकको स्टिकर

नेपालगन्ज १२ कार्तिक : बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषको प्रचारप्रसारमा प्रतिकुल असर पर्ने गरी जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईको तस्विर अंकित स्टिकर राखिएको पाईएको छ ।

निर्वाचन आचारसंहिचा विरुद्ध नेपालगन्ज स्थित एक बिद्युतको पोलमा स्वतन्त्र उम्मेदवार शेषको टाँसिएका पम्पलेटमाथि जसपाका राईले आफ्नो स्टिकर टाँसेको तस्विरले पुष्टि गर्छ । उम्मेदवार शेषले आफ्ना कतिपय स्थानमा पम्पलेट च्यातिएको र यसरी नै राईको स्टिकर टाँसिएको बताएका छन् ।

उनले भने, ‘पहिले त म उम्मेदवारी नै नदिउ भनेर बिभिन्न षड्यन्त्र गर्न लगाइयो, मैले उम्मेदवारी दर्ता गर्न गएको बेलामा पनि आयोगको हाताभित्र मेरो हात भाँचियो, अहिले पनि निर्वाचनमा सहभागी नहुन भन्दै बिभिन्न षड्यन्त्र गरिदैछ ।’

उनले अगाडी थपे– ‘मोहम्मद इस्तियाक राई अहिले आफ्नो हारको मानसिकतामा पूर्ण रुपमा पुगिसकेका छन् । निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएको छु । प्रचारप्रसारका लागि विद्युतको पोलमा टाँसिएका पर्चा पम्पलेट च्यात्न लगाउने र आफ्ना नेता कार्यकर्ता मार्फत मेरो पम्पलेटमाथि आफ्नो तस्विर अंकित इस्टिकर राख्न लगाउने कार्य गरिरहेकाछन् । म यो कार्यको बिरोध गर्दछु । मेरो उम्मेदवारीसंगै उनी हार्ने मानसिकतामा पुगेकै कारण यस्तो घृणित कार्यमा उत्रिएका हुन् ।’

Kanti Aarogya Hospital Nepalgunj

उम्मेदवार शेषले यो कार्यको बिरोध गर्दै आयोगको पनि ध्यानाकर्षण गराउने बताए ।

यसैबीच, बाँकेको क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषविरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन फेक आइडीको प्रयोग सक्रिय भएको बताइएकोछ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै गर्दा उनी विरुद्ध दुष्प्रचार भएको हो ।

उम्मेदवार शेषले चुनावी अभियानलाई तिब्र पारेसंगै उनी बिरुद्ध सामाजिक सञ्जाल मार्फत उनको चुनावी माहोललाई दुषित गर्न बाहिरी तत्वहरु सक्रिय भएको प्रचारप्रसार समितीले जनाएको छ ।

निर्वाचन आयोगले कडा रुपमा सामाजिक सञ्जालमाथि निगरानी गर्दै आए पनि उनी बिरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन फेक आइडीको प्रयोग सक्रिय भएको उम्मेदवार शेषको प्रचारप्रसार समितिकी संयोजक जोया शेषले जानकारी दिइन ।

उनले भनिन्, ‘यस विषयमा प्रशासनलाई विशेष आग्रह गर्न चाहन्छु, केही दिनदेखि यस क्षेत्रका स्वतन्त्र उम्मेदवार शेषको लोकप्रियता र उनको उम्मेदवारीबाट भयभीत भएका विभिन्न विपक्षी नेताहरूले केही फेक आइडी प्रयोग गरि भ्रम छर्ने कार्य गरिरहेकोले प्रहरी प्रशासन र निर्वाचन आयोगले यस्ता कार्य गर्नेलाई कारबाहीको दायरामा उभ्याउन आग्रह गर्दछु ।’