सुर्खेत १३ कार्तिक : गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका–१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैं खुल्न नसकेको हो ।
उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खसिरहेको छ । करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा समस्या आएको छ ।
‘निरन्तरको पहिरोका कारण सडक सञ्चालन गर्न सकिएको छैन,’ निशान्त निर्माण सेवा कम्पनीका प्रोपाइटर प्रमुख अनन्त बरालले भने, ‘स्काइभेटर पहिरो खसेको स्थलमा छन् तर काम गर्न सकिएको छैन ।’
पहिरो पन्छाउन नसकिए वैकल्पिक उपाय खोज्नुको विकल्प नएको उनको भनाइ छ । उनले पहिरो खसिरहेको ठाउँमा तारजाली हालेर रोक्नुपर्ने बताए ।
‘हावा चल्दा पनि पहिरो खसेकाले ज्यान जोखिममा राखेर माटो पन्छ्याउन सकिएको छैन,’ हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले भने, ‘पहिरो रोकिएपछि काम सुरू गर्नका लागि मेसिनसहित जनशक्ति तयारी अवस्थामा छन् ।’
कालिकोटको खुलालुदेखि हुम्लासम्मको सडकखण्ड अवरूद्ध हुँदा कालिकोट, बाजुरा, मुगु र हुम्लामा खाद्यान्न अभाव हुँदै गएको कालिकोट रास्कोट नगरपालिका–५ स्युनाका रजबहादुर शाहीले बताए ।
कर्णाली करिडोरअन्तर्गत कालिकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर छ । -रासस
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा
अझै ‘सभापति’को भ्रममा देउवा
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै