बाँके क्षेत्र नम्बर–२ मा उम्मेदवारले बढाए चुनावी गतिविधी


बाँके क्षेत्र नम्बर–२ मा उम्मेदवारले बढाए चुनावी गतिविधी

नेपालगन्ज १५ कार्तिक : आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेको क्षेत्र नम्बर–२ मा उम्मेदवारले आफ्नो गतिविधी बढाएका छन् । उम्मेदवारहरु पछिल्लो समयमा मतदाता केन्द्रित गतिविधीमा सहभागी हुने गरेका छन् ।

बाँके क्षेत्र नम्बर–२ अन्तरगत प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारले मतदाता भेटघाटलाई तिब्रता दिएका हुन् ।

नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार सुदिप नरसिंह राणा सोमबार नेपालगन्ज र डुडुवाका विभिन्न ठाउँमा आयोजित घरदैलो तथा कोण सभामा सहभागी भए । भेटघाटका क्रममा उनले आफुलाई एक पटक मौका दिन मतदातालाई अपील गरेका थिए ।

यस्तै नेकपा एमालेको सर्मथनमा मैदानमा उत्रिएका राप्रपाका उम्मेदवार डाक्टर धवलसम्शेर राणा पनि चुनावी कार्यक्रममा सहभागी भए । राणा आफ्ना एजेण्डासहित घरदैलोमा सक्रिय देखिएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

शिव सेनाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका हिन्दुवादी नेता दीवाकर खनालले पनि चुनावी अभियानलाई निरन्तरता दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोद अग्रहरीले घरदैलो गर्दै मतदातालाई भेटघाट गरेका छन् ।

उक्त क्षेत्र अन्तरगत रहेको प्रदेश सभा–२ ‘क’ र ‘ख’ मा उम्मेदवारी दिएका उम्मेदवारले पनि आफ्नो भेटघाटलाई तिब्रता दिएका छन् ।

प्रदेश सभा–२ ‘क’ का नेपाली काँग्रेससहित गठबन्धनका उम्मेदवार राजकुमार बर्मा, स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार, जनता समाजवादी पार्टीका भण्डारीलाल यादव, नेकपा एमालेका विजय यादव तथा प्रदेश सभा–२ ‘ख’ मा नेपाली काँग्रेसका सुरेन्द्र हमाल, स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्ण, एमालेका निरक गुरुङ र नेकपा माओवादी केन्द्रका अकलबहादुर बम लगायतले मतदाता भेटघाटलाई जारी राखेका छन् ।