नेपालगन्ज १५ कार्तिक : बाँके क्षेत्र नम्बर–२ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दीवाकर शर्मा खनाललाई स्थानीयहरुले साथ र समर्थन जनाउनेक्रम बढ्दै गएकोछ ।
निर्वाचन गतिविधि तीव्र पारेका स्वतन्त्र उम्मेदवार खनाललाई स्थानीयले समर्थन गर्दै निर्वाचन सम्पन्न नभएसम्म कसैको चिया खाजा नखाने बताएका छन् ।
आसन्न मंसिर ४ गतेको निर्वाचन नजिकिदँै गर्दा पार्टीगत र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा जाने क्रम बढेको छ । यसै क्रममा बाँके क्षेत्र नम्बर–२ बाट संघीय सांसद पदका हिन्दुवादी स्वतन्त्र उम्मेदवार दीवाकरले मतदातालाई भेट्दै आफ्ना चुनावी एजेण्डाहरु प्रस्तुत गरिरहेकाछन् ।
चुनाव चिन्ह अर्ना सहित घरदैलोमा पुगेका शिवसेनाका हिन्दुवादी नेता खनाललाई बाँकेको क्षेत्र नम्बर– २ का ग्रामीण क्षेत्रका मतदाताहरुले चुनावसम्म आफुहरु कस्सिएर लाग्ने र कसैको चिया नखाने प्रण लिएका हुन् ।
घरदैलो तीब्र पारेका उम्मेदवार खनालले बेतहानी, डुडुवा खोला पारीका बाबागाँउ, दासपुर्वा, खडैचा, पिप्रहवा लगायत गाँउमा पुगी मतदाता रुझाउने प्रयास जारी राखेकाछन् । खनालले बोकेको एजेण्डासँग प्रभावित भएका स्थानीयहरुले समर्थन गर्दै उनले उठाएका एजेण्डामा सहमती जनाएका छन् ।
उम्मेदवार खनालसँगै बाँकेको क्षेत्र नम्बर– २ प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार पनि आफ्नो चुनाव चिन्ह जेब्रा सहित घरदैलोमा पुगेका थिए । बाँके क्षेत्र नम्बर–२ मा खनालसहित ५ जनाको स्वतन्त्र उम्मेदवारी रहेकोछ ।