प्रचारप्रसारमा धवलको ‘धमाल’, स्वस्फूर्त रुपमा खुल्दै सर्वसाधरण


प्रचारप्रसारमा धवलको ‘धमाल’, स्वस्फूर्त रुपमा खुल्दै सर्वसाधरण

निर्वाचन लक्षित आफ्ना स्पष्ट एजेण्डा जनता सामु प्रस्तुत गर्दै बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर धवल शम्सेर राणा ।

नेपालगन्ज १६ कार्तिक : बाँके क्षेत्र नम्बर– २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डाक्टर धवलशम्सेर राणाको लोकप्रियता बढ्दै गएको छ ।

राप्रपाका महामन्त्री तथा निर्वतमान नेपालगन्जका मेयर समेत रहेका डाक्टर धवलको पक्षमा नेपालगन्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डाक्टर राणालाई यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।

‘म राप्रपाको कार्यकर्ता होईन तर, यो निर्वाचनमा धवलशम्शेरलाई भोट दिन्छु’, डुडुवा गाउँपालिका–५ का बेलबहादुर बुढाथोकीले भने,‘धवलशम्शेरले जनतालाई झुक्याउने काम गर्दैनन्, विकास गर्छन् भन्ने सबैलाई थाह छ त्यसैले अहिले उहाँको जित सुनिश्चित छ ।’

दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर निर्वाचित हुँदा डाक्टर धवल शमसेर राणाले आफ्नो सम्पूर्ण तलबसमेत समाजसेवामा लगाएका राणाले भ्रष्टाचार गर्दैनन् भन्ने बुढाथोकीको बुझाई छ ।

Kids Festival 2022
kanti aarogya hospital

२०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर पदको जिम्मेवारी सुम्पिएका थिए । भ्रष्टाचार बिरुद्ध आक्रमक र सार्मथ्य अनुसार नेपालगन्जको विकास गरेका यिनै राणाले पाउने पारीश्रमिकबाट कयौं दिनदुखीलाई राहत मिलेको थियो । उम्मेदवार राणाले मेयर हुँदाको जस्तै सांसद भएपछि पाउने पारिश्रमिक समाजसेवामा लगाउने घोषणा गरिसकेका छन् । मतदातामाझ राणाले उक्त घोषणा गर्दै भने,–‘सांसदले जति पाउँछन् त्यति म दिनदुःखीको सेवामा खर्च गर्छु ।’

धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधी (पिएचडी) गरेका छन् । राजनीतिमा पढेका कमै व्यक्तिहरु मध्ये पर्छन् धवल शमशेर । भारतमा अध्ययनको क्रममा नेपाल फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावना उनेर २०४७ सालमा राजनीतिमा आबद्ध भएका हुन् ।

नेपालगन्ज नगरपालिकामा पहिलोपटक प्रमुख बन्दा राणाले नेपालगन्जको विकास झल्किने गरी उल्लेखनीय काम गरे । नेपालगन्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जू), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माणजस्ता थुपै काम गरे ।

आफुले प्रमुख भए बापत पाउने भत्ता दीन–दुःखीलाई वितरण गरे । भत्ताको रकमबाटै भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरे । आफ्नो तलब–भत्ताबाट मानवीय र सामाजिक कार्य गर्ने बिरलै जनप्रतिनिधि मध्येका एक हुन् डाक्टर धवल । त्यहीँ छविकै कारण धवल २० वर्षपछि पनि नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको कुर्सीमा बस्न सफल भए । नगरबासीले उनलाई रुचाए । आफ्नो पार्टीको बहुमत नहुँदा पनि सबैसङ्गको उच्च सहकार्यबाट उनको दोश्रो कार्यकाल पनि सफल भयो ।

उनको दोश्रो कार्यकालमा नेपालगन्जमा अत्याधुनिक बसपार्क, उपमहानगरपालिकाको सबै वडा जोड्ने पक्की सडक, सडक नाली लगायतका भौतिक पूर्वाधारको विकासमा नेपालगन्जले फड्को मारेको नगरबासीको बुझाई छ । भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने डाक्टर धवल सबैका प्रिय पात्र मात्रै होइनन उनी सदाबहार विकास प्रेमी अब्बल नेताका रुपमा परिचित छन् ।

राप्रपाका केन्द्रिय महामन्त्री डाक्टर धवलशम्शेर राणाको उम्मेदवारीलाई बाँकेको क्षेत्र नम्बर–२ मा यसपटक नेकपा एमालेले समेत समर्थन गरेका कारण राणा चुनावी जोडघटाउसंगै जित नजिक रहेको धेरैको विश्लेषण रहेको छ । राणाले एमालेसँगको चुनावी तालमेलले जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित हुने दावी गर्छन् ।

राणाको चुनावी घरदैलोमा राप्रपा र एमालेका कार्यकर्ता सँगसँगै पार्टीगत रुपमा नजोडिएका सर्वसाधारणसमेत स्वस्फूर्त रुपमा लाग्ने गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताए ।

बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता, कार्यकर्ता तथा जनता समेत उत्साहित भएको नेकपा एमाले बाँके क्षेत्र नम्बर–२ का संयोजक अशोक कर्माचार्य बताउछन् । दुई पार्टीबीचको तालमेलले बाँके क्षेत्र नम्बर–२ मात्रै नभई जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको उनको दावी छ ।

बाँकेमा नेकपा एमालेले राप्रपासँगको तालमेलमा बाँके क्षेत्र नम्बर–२ प्रतिनिधि सभा उम्मेदवार डाक्टर धवलसम्शेर राणा र प्रदेश सभातर्फ–२ ‘क’ मा एमालेका बिजयबहादुर यादव र –२ ‘ख’ मा एमालेका निरकबहादुर गुरुङ उम्मेदवार बनेको राप्रपाका सहमहामन्त्री देवकोटाले बताए ।

थप समाचार

भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने सदाबहार लोकप्रिय नेता डाक्टर धवल

विरासत जोगाउने दाउमा काँग्रेस, चौका हान्दै धवल, इस्तियाकलाई आफनैबाट डर