निर्वाचन लक्षित आफ्ना स्पष्ट एजेण्डा जनता सामु प्रस्तुत गर्दै बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर धवल शम्सेर राणा ।
नेपालगन्ज १६ कार्तिक : बाँके क्षेत्र नम्बर– २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डाक्टर धवलशम्सेर राणाको लोकप्रियता बढ्दै गएको छ ।
राप्रपाका महामन्त्री तथा निर्वतमान नेपालगन्जका मेयर समेत रहेका डाक्टर धवलको पक्षमा नेपालगन्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डाक्टर राणालाई यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।
‘म राप्रपाको कार्यकर्ता होईन तर, यो निर्वाचनमा धवलशम्शेरलाई भोट दिन्छु’, डुडुवा गाउँपालिका–५ का बेलबहादुर बुढाथोकीले भने,‘धवलशम्शेरले जनतालाई झुक्याउने काम गर्दैनन्, विकास गर्छन् भन्ने सबैलाई थाह छ त्यसैले अहिले उहाँको जित सुनिश्चित छ ।’
दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर निर्वाचित हुँदा डाक्टर धवल शमसेर राणाले आफ्नो सम्पूर्ण तलबसमेत समाजसेवामा लगाएका राणाले भ्रष्टाचार गर्दैनन् भन्ने बुढाथोकीको बुझाई छ ।
२०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर पदको जिम्मेवारी सुम्पिएका थिए । भ्रष्टाचार बिरुद्ध आक्रमक र सार्मथ्य अनुसार नेपालगन्जको विकास गरेका यिनै राणाले पाउने पारीश्रमिकबाट कयौं दिनदुखीलाई राहत मिलेको थियो । उम्मेदवार राणाले मेयर हुँदाको जस्तै सांसद भएपछि पाउने पारिश्रमिक समाजसेवामा लगाउने घोषणा गरिसकेका छन् । मतदातामाझ राणाले उक्त घोषणा गर्दै भने,–‘सांसदले जति पाउँछन् त्यति म दिनदुःखीको सेवामा खर्च गर्छु ।’
धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधी (पिएचडी) गरेका छन् । राजनीतिमा पढेका कमै व्यक्तिहरु मध्ये पर्छन् धवल शमशेर । भारतमा अध्ययनको क्रममा नेपाल फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावना उनेर २०४७ सालमा राजनीतिमा आबद्ध भएका हुन् ।
नेपालगन्ज नगरपालिकामा पहिलोपटक प्रमुख बन्दा राणाले नेपालगन्जको विकास झल्किने गरी उल्लेखनीय काम गरे । नेपालगन्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जू), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माणजस्ता थुपै काम गरे ।
आफुले प्रमुख भए बापत पाउने भत्ता दीन–दुःखीलाई वितरण गरे । भत्ताको रकमबाटै भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरे । आफ्नो तलब–भत्ताबाट मानवीय र सामाजिक कार्य गर्ने बिरलै जनप्रतिनिधि मध्येका एक हुन् डाक्टर धवल । त्यहीँ छविकै कारण धवल २० वर्षपछि पनि नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको कुर्सीमा बस्न सफल भए । नगरबासीले उनलाई रुचाए । आफ्नो पार्टीको बहुमत नहुँदा पनि सबैसङ्गको उच्च सहकार्यबाट उनको दोश्रो कार्यकाल पनि सफल भयो ।
उनको दोश्रो कार्यकालमा नेपालगन्जमा अत्याधुनिक बसपार्क, उपमहानगरपालिकाको सबै वडा जोड्ने पक्की सडक, सडक नाली लगायतका भौतिक पूर्वाधारको विकासमा नेपालगन्जले फड्को मारेको नगरबासीको बुझाई छ । भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने डाक्टर धवल सबैका प्रिय पात्र मात्रै होइनन उनी सदाबहार विकास प्रेमी अब्बल नेताका रुपमा परिचित छन् ।
राप्रपाका केन्द्रिय महामन्त्री डाक्टर धवलशम्शेर राणाको उम्मेदवारीलाई बाँकेको क्षेत्र नम्बर–२ मा यसपटक नेकपा एमालेले समेत समर्थन गरेका कारण राणा चुनावी जोडघटाउसंगै जित नजिक रहेको धेरैको विश्लेषण रहेको छ । राणाले एमालेसँगको चुनावी तालमेलले जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित हुने दावी गर्छन् ।
राणाको चुनावी घरदैलोमा राप्रपा र एमालेका कार्यकर्ता सँगसँगै पार्टीगत रुपमा नजोडिएका सर्वसाधारणसमेत स्वस्फूर्त रुपमा लाग्ने गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताए ।
बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता, कार्यकर्ता तथा जनता समेत उत्साहित भएको नेकपा एमाले बाँके क्षेत्र नम्बर–२ का संयोजक अशोक कर्माचार्य बताउछन् । दुई पार्टीबीचको तालमेलले बाँके क्षेत्र नम्बर–२ मात्रै नभई जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको उनको दावी छ ।
बाँकेमा नेकपा एमालेले राप्रपासँगको तालमेलमा बाँके क्षेत्र नम्बर–२ प्रतिनिधि सभा उम्मेदवार डाक्टर धवलसम्शेर राणा र प्रदेश सभातर्फ–२ ‘क’ मा एमालेका बिजयबहादुर यादव र –२ ‘ख’ मा एमालेका निरकबहादुर गुरुङ उम्मेदवार बनेको राप्रपाका सहमहामन्त्री देवकोटाले बताए ।
थप समाचार
भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने सदाबहार लोकप्रिय नेता डाक्टर धवल
विरासत जोगाउने दाउमा काँग्रेस, चौका हान्दै धवल, इस्तियाकलाई आफनैबाट डर
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ