नेपालगन्ज १७ कार्तिकः बाँके क्षेत्र नम्बर–३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार तथा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले झुटो आश्वासन नदिन निर्देशन दिएकाछन् ।
निर्वाचन क्षेत्रमा घरदैलोका क्रममा जनतालाई झुटो आश्वासन नदिन काँग्रेसका नेता, कार्यकर्तालाई राठौरले निर्देशन दिएका हुन् । बाँकेको बैजनाथमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
‘हामीले चुनाव जितेपछि गर्न सक्ने काम मात्रै जनतालाई भन्ने हो, गर्न नसक्ने झुटो आश्वासन दिने होईन,’ राठौरले भने ‘काँग्रेसले अहिलेसम्म जनतालाई झुटो आश्वासन दिएको छैन, अब पनि जनतालाई झुटो र उधारो आश्वासन दिदैन ।’ गठबन्धनले जितेपछि बाँके क्षेत्र नम्बर–३ मात्र नभएर सिंगो मुलुकको समृद्धि र विकास हुने राठौरले बताए ।
सो क्रममा आफ्ना सुझाव दिदै उपस्थित काँग्रेसका नेता, कार्यकर्ताले आफुहरु टोल टोलमा परिचालित भएर गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय हुने प्रतिवद्धता जनाए । काँग्रेस लगायत गठबन्धनका उम्मेदवारको पक्षमा अहिले मतदाताहरु सकारात्मक रहेको उनीहरुको भनाई थियो । नेपाली काँग्रेसका नेतादेखी कार्यकर्ता एक ढिक्का भएर चुनावमा होमिनुपर्ने अधिकांसको सुझाव थियो ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर