कोहलपुरमा गठबन्धनको घरदैलो शुरु, जुड्दै जनसमर्थन


कोहलपुरमा गठबन्धनको घरदैलो शुरु, जुड्दै जनसमर्थन

कोहलपुर १७ कार्तिक : पाँच दलिय लोकतान्त्रिक–बाम गठबन्धनले कोहलपुरबाट घरदैलो अभियान शुरु गरेको छ ।

अभियानको पहिलो दिन बिहीबार कोहलपुर नगरपालिका वडा नम्बर– २ मा घरदैलो गरीएको छ । बाँके निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक) र प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेका हुन् ।

घरदैलोका क्रममा अथकले आफ्नो कार्यकालमा भए गरेका विकासका कामलाई संस्थागत गर्न र बाँकी रहेका कामलाई पुर्णता दिनुुपर्ने भएकाले पुनः एक पटक मतदान गर्न आग्रह गरेका छन् । उनले संविधानको रक्षा र विकासका पक्षधरहरुबिच गठबन्धन भएकाले बिना संकोच गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताए ।

०२७४ सालको निर्वाचनमा समेत यहि निर्वाचन क्षेत्रबाट निर्वाचित भएका अथक घरदैलो अभियानमा निस्कीएपछि गठबन्धनको पक्षमा ब्यापक जनसमर्थन देखिएको छ । विकासवादी नेताको छबी बनाएका अथकलाई एक पटक फेरी जिताउन बिकासनगरका स्थानीयहरु एकमत भएका छन् । आफ्नै गाँउबाट घरदैलो अभियान सुरु भएकाले थप खुसी मिलेको बताउँदै स्थानीय चन्द्रादेबी बस्नेतले गठबन्धनलाई नै मतदान गर्ने बताईन् ।

Kids Festival 2022
kanti aarogya hospital

गठबन्धनको तर्फबाट प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले कोहलपुरको बिकास र समृद्धीका लागी गठबन्धनलाई जिताउन आग्रह गरे । उनले स्थानीयको भावना अनुसार बिकास निर्माणको काममा लागिपर्ने प्रतिवद्धता जनाउँदै एक पटक अवसर दिन समेत स्थानीयहरुसँग आग्रह गरेका छन् ।

घरदैलो अभियानका क्रममा स्थानीयहरुले गठबन्धनका उम्मेदवारलाई भोट दिन आफुहरु आतुर रहेको बताएका थिए । घरदैलो अभियानमा गठबन्धन आबद्ध दलका नेता, कार्यकर्तासँगै स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको छ ।