स्वच्छ निर्वाचनका लागि बाँकेका सरोकारवालाको प्रतिबद्धता


स्वच्छ निर्वाचनका लागि बाँकेका सरोकारवालाको प्रतिबद्धता

नेपालगन्ज १८ कार्तिक : आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन बाँकेका सम्बद्ध सरोकारवालाले प्रतिबद्धता जनाएकाछन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले शुक्रबार नेपालगन्जमा आयोजना गरेको ‘स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तर संवाद कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बनाउन स्वयम सरोकारवालाहरुको अह्म भुमिका रहने भन्दै उनीहरुले निर्वाचन आचरसंहितामा रहेर पदीय जिम्मेवारी र दायित्व निर्वाह गर्ने बताए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाँकेमा स्वच्छ निर्वाचनको लागि वातावरण निर्माण हुँदै आएको दाबी गरे । उनले निर्वाचनको बेलामा कुनै पनि अवाञ्छित गतिबिधि हुन नदिने र सबैले आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वातावरण तयार पारिने बताए ।

उनले भने–‘राजनीतिक दलहरुले आचार संहिता पूर्ण पालना गर्ने हो भने सबै कुरा निर्बाध अघि बढ्नसक्छ । यहाँ राजनीतिक दलले आफुले उलंघन गर्दा अधिकार अरुले गर्दा उजुरी गर्ने बानी हटाउनु पर्यो ।’

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रममा बोल्दै बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले खुला बोडरको कारण सुरक्षाको चुनौती भएपनि बाँकेमा अवस्था सामान्य रहेको र निर्वाचनको मतदान हुनेदिन तथा परीणाम आउँदासम्मको अवस्था सामान्य राखिने प्रतिबद्धता जनाउँदै यस कार्यको लागि सबैले सहयोग हुनु पर्ने कुरामा जोड दिए ।

उनले शान्तपूर्ण वातारवणमा विभिन्न अवफाह पैmलाएर जबरजस्ती वातावरण धमिलो बनाउन खोजिएको दाबी गर्दै भने–‘बाँकेमा कुनै पनि अबाञ्छित गतिबिधि भएको छैन र हुन दिने पनि छैन । अनाहकमा नभएको कुरा अवफाह फैलाएर वातावरण धमिलो बनाउन कसैले पनि नखोजे हुन्छ । ढुक्कसंग मतादन गर्न आउनुहोस् ।’

ईन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले सहजिकरण गरेको उक्त अन्तर संवादमा सहभागि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले चुनावमा प्रचारको लागि भारतीय सवारी साधनको प्रयोग नगर्ने, आचार संहिताको पूर्ण पालना गर्ने, मतदाता शिक्षा लिएर घरदैलोमा जाने तथा मतदाता मैत्री मतदान केन्द्रको निर्माण गर्ने लगायतका प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्यद्वय शान्ति ढकाल र दीपा शर्मा रुपाखेती, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारीका अधिकारी, नेपाली काँग्रेस बाँकेका सचिव शुधान्शु कोईराला, माओवादी केन्द्रका तारा खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका लक्ष्मी तिवारी, वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेपष्ठ, नियोकका लुम्बिनी प्रदेश संयोजक सुरेश गौतम, जियोकका बाँके जिल्ला संयोजक पदम पाण्डे, अधिकारकर्मीहरु प्रभात ठकुरी, प्रकाश उपाध्याय, कमला पन्त, अधिवक्ता वसन्त गौतम, पत्रकार रुद्र सुवेदी र अछरी पोखरेल लगायतले निर्वाचन आचारसंहिताको दायाराभित्र रही पदीय जिम्मेवारी र दायित्व निर्वाह गरे निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सकिनेमा दुविधा नरहने बताएका थिए ।