नेपालगन्ज १९ कार्तिक : बाँकेको प्रदेश सभा २ (२) मा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर हमालले घरदैलोमा पुगेर मतदाता भेट्ने क्रम जारी राखेका छन् । घरदैलो अभियानलाई तिब्रता दिँदै उनले मतदाताको मन जित्ने काम गरिरहेका छन् ।
घरदैलो अभियानअन्तर्गत हमाल शनिबार (आज) बिहान नेपालगन्जको वडा नम्बर–४ र दिउँसो अन्य वडाका मतदातालाई भेटघाट गरेका हुन् ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–४ स्थित प्रचार–प्रसार सम्पर्क कार्यालयदेखि शनिबार बिहान हमालले घरदैलो कार्यक्रम सुरु गरेका थिए । उनले बसपार्क, बाइपास रोड, बस्याल टोललगायत अन्य विभिन्न टोलमा रहेका मतदाताहरु भेटे ।
बाँके क्षेत्र नम्बर–२ का क्षेत्रीय सचीव प्रदिप साहले मतदातासँगको भेटघाट धेरै नै प्रभावकारी रहेको बताए । घरदैलो गर्दै हमालले रुख चिन्हमा मतदान गरी काँग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।
घरदैलो कार्यक्रममा उम्मेदवार हमाल सहित समानुपातिक उम्मेदवार माया पुन, पुर्वसभापति ज्ञानेन्द्रसिंह सिजापती, काँग्रेसका नेपालगन्ज नगर सह–सचिव शरद अधिकारी, महासमिति सदस्य निरन्जनसिंह सिजापति लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी