नेपालगन्ज १९ कार्तिक : बाँके क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेससहित गठबन्धनका तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार सुदीप नरसिंह राणाको पक्षमा निर्वाचन माहोल तात्दै गएको छ ।
दिनहुँ चुनावी प्रचारसँगै उम्मेदवार राणाले मतदातालाई भेटेर आफ्नो एजेण्डा प्रस्तुत गरेका छन् । राणा क्षेत्र नम्बर–२ का लागि नयाँ अनुहार हुन् ।
पटक–पटक एउटै ब्यक्तिलाई जिताउँदा क्षेत्र नम्बर–२ ले परिर्वतन महसुस गर्न नसकेको भन्दै अधिकांस मतदाताले यसपटक नयाँ अनुहारलाई ल्याउने प्रतिवद्धता जनाएको राणाले सुनाए ।
आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि घरदैलो अभियानमा ब्यस्त रहेका राणाले मतदाताको घरदैलोमा पुगेर भेट गरेका हुन् । उनीहरुका समस्यालाई सम्बोधन गर्ने प्रतिवद्धता सहित रुख चिन्हमा भोट हाल्न आग्रह गरेका हुन् ।
चुनावी प्रचारका क्रममा शनिबार (आज) बिहान राणाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का बासिन्दालाई घर–घरमा पुगेर भेटेका थिए । शनिबार दिउँसो पनि उम्मेदवार राणा भेटघाटमै ब्यस्त रहेको उनको क्षेत्र नम्बर–२ को सचिवालयले जनाएको छ ।
मतदाता भेट्ने क्रममा वडा नम्बर–१८ स्थित भुजईगाउँ, कारकाँदो, लगायत स्थानमा पुगेका थिए । प्रचारका क्रममा राणा सहित नेपाली काँग्रेसका नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी