बाँके–३ मा काँग्रेससहित गठबन्धनको पक्षमा जनलहर


बाँके–३ मा काँग्रेससहित गठबन्धनको पक्षमा जनलहर

खजुरा (बाँके) १९ कार्तिक : बाँके क्षेत्र नम्बर–३ मा नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनको पक्षमा जनलहर बढेको छ ।

उक्त क्षेत्रमा प्रतिनिधी सभा सदस्य पदका लागि नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौर चुनावी मैदानमा छन् । उनले नियमित रुपमा आफ्नो प्रचार प्रसार गरिरहेका छन् ।

काँग्रेसका प्रभावशाली नेता राठौंर उम्मेदवार भएपछि बाँकेको क्षेत्र नम्बर–३ ले विकास निर्माणमा फड्को मार्ने यहाँका अधिकांस स्थानीय बासिन्दाको अपेक्षा छ । जनतालाई झुठो आश्वासन नबाँड्ने प्रतिवद्धता जनाउँदै आएका काँग्रेस नेता राठौरले आफु निर्वाचित भएपछि काम गरेर देखाउँने बताउँछन् ।

यसैक्रममा शनिबार(आज) क्षेत्र नम्बर–३ अन्तरगत पर्ने खजुरा गाउँपालिका वडा नम्बर–३ मा आयोजित कार्यक्रममा उम्मेदवार राठौरले एमाले परित्याग गरेका विभिन्न ब्यक्तिलाई नेपाली काँग्रेसमा प्रवेश गराए । नेकपा एमाले परित्याग गरेका ६० जना युवा लगायतलाई उनले पार्टीमा प्रवेश गराएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता राठौरले समाज रुपान्तरणमा युवाको महत्वपूर्ण भुमिका हुने बताए । बाँकेको खजुरा क्षेत्र लगायत क्षेत्र नम्बर–३ को समग्र विकास गर्नका लागि आफुले निर्वाचित भएपछि ईमान्दारी पूर्वक काम गर्ने उनको भनाई थियो ।

सो क्रममा प्रदेश सभा– ३ (२)का उम्मेदवार एवम् नेपाली काँग्रेसका नेता बादशाह कुर्मीले नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवारले जितेपछि मात्र यो देशमा विकास र समृद्धि सम्भव भएको बताए ।

नेपाली काँग्रेसले जनतालाई झुटा आश्वासन कहिल्यै पनि नबाँड्ने उनको भनाई छ । सो क्रममा नेपाली काँग्रेस सहित पाँच दलिय गठबन्धनमा आवद्ध नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।