हमालको पक्षमा मत माग्दै सडकमा निस्किए समर्थक


हमालको पक्षमा मत माग्दै सडकमा निस्किए समर्थक

नेपालगन्ज २० कार्तिक : बाँके प्रदेश सभा–२ (२) मा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र हमालको पक्षमा मत माग्न समर्थकहरु सडकमा निस्केका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ मा आईतबार बिहान घरदैलो गर्न पुगेका हमाललाई साथ दिन नेपाली काँग्रेसका नेता, कार्यकर्ता मात्र होईन, हमालका शुभचिन्तक तथा समर्थकहरु पनि सडकमा निस्केका हुन् ।

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा हमाललाई जिताउने वडा नम्बर १२ का मतदाताले प्रतिवद्धता ब्यक्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवारलाई आफ्नो साथ र समर्थन सधैं रहने उनीहरुले बताए ।

सो क्रममा उपस्थित भएका उम्मेदवार हमालले रुख चिन्हमा मतदान गरि आफुलाई निर्वाचित गराउन आग्रह गर्दैै निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रका अधुरा काम पुरा गर्ने प्रतिवद्धता जनाए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित वडा स्तरिय सम्पर्क कार्यालयबाट सुरु भएको घरदैलो वडा नम्बर १२ अन्र्तगत पर्ने विभिन्न टोलमा पुगेर स्थानीयसँग उम्मेदवारले मत मागेका थिए ।

घरदैलोका क्रममा प्रदेश सभाका उम्मेदवार हमाल, काँग्रेस बाँकेका निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, जिल्ला सदस्य अमृतकुमार आचार्य, नेपाल तरुण दल बाँकेका सभापति विरेन्द्र शाह, वडा नम्बर–१२ का वडाअध्यक्ष तरुण बज्राचार्य, नेपाली काँग्रेस क्षेत्र नम्बर–२ का क्षेत्रीय सचिवद्वय सुनिलसिंह हमाल र प्रदीप साहु, वडा सचिव सुकराम ठाकुर लगायत नेपाली काँग्रेसका नेता कार्यकर्ता, युवा लगायतको उपस्थिती रहेको थियो ।