काँग्रेससहित गठबन्धनका उम्मेदवार सुदीपको पक्षमा डुडुवाबासी


काँग्रेससहित गठबन्धनका उम्मेदवार सुदीपको पक्षमा डुडुवाबासी

बाँके(डुडुवा) २० कार्तिक : बाँकेको क्षेत्र नम्बर–२ का प्रतिनिधी सभा सदस्य उम्मेदवार सुदीप नरसिङ राणाको पक्षमा डुडुवाबासी देखिएका छन् । प्रचार प्रसारका क्रममा आईतबार डुडुवा गाउँपालिका क्षेत्रमा पुगेका उम्मेदवार राणालाई डुडुवाबासीले जितको अग्रिम शुभकामना दिएका थिए ।

प्रचारप्रसारमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताका साथै स्थानीय सर्बसाधारणको पनि उपस्थिती रहेको थियो । डुडुवामा नेपाली काँग्रेससहित गठबन्धनको अग्रता देखिन्छ । दुई पटक डुडुवा गाउँपालिकाको नेतृत्व गरेका काँग्रेस नेता नरेन्द्र चौधरी ‘पप्पु’ले गरेका विकास निर्माणबाट डुडुवा गाउँपालिकाबासी प्रभावित छन् । क्षेत्र नम्बर–२ मा चुनाव जित्न उम्मेदवारका लागि डुडुवाका मतदाता निर्णायक मानिन्छन् ।

Kanti Aarogya Hospital Nepalgunj

उम्मेदवार राणा प्रचार प्रसारका क्रममा वडा नम्बर–२ मा रहेका बाबागाउँ, सन्तलिया, अमृतपुरुवा, दासपुरुवा, विलोरपुरुवा, कोलहीगाउँ, कैरातीपुरुवा लगायत क्षेत्रमा पुगेका थिए । उनलाई प्रचारप्रसारका लागि नेपाली काँग्रेस डुडुवा गाउँपालिका सभापति विजय यादव, वडा नम्बर–२ का सभापति रामकुमार श्रीवास्तव, वडा नम्बर–४ का सभापति हरि रेउले, क्षेत्रीय प्रतिनिधी फनबहादुर गुरुङ, पूर्वमहासमिति सदस्य राकेस श्रीवास्तव लगायतले पनि साथ दिएका थिए ।

राणाले प्रचार प्रसारका क्रममा डुडुवाबासीसँग आफुलाई भोटभन्दा बढी स्थानीय बासिन्दाका समस्याहरु सोधेका थिए । डुडुवाबासीले आफुलाई हौसला दिँदा चुनाव जित्ने आत्म विश्वास बढेको उम्मेदवार राणाले सुनाए । सो क्रममा बाँके प्रदेश सभा–२(१)का उम्मेदवार राजकुमार बर्मा पनि सहभागी थिए ।