आम निर्वाचन २०७९

‘चुनाव जितेपछि जनताको सेवक र नोकर भएर काम गर्नेछु’ : राणा

‘काँग्रेसले जित्यो भने लोकतन्त्र सुदृढ भएर जान्छ’ : हमाल


‘चुनाव जितेपछि जनताको सेवक र नोकर भएर काम गर्नेछु’ : राणा

नेपालगन्ज २० कार्तिक : बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेस सहित पाँच दलिय गठबन्धनका उम्मेदवार सुदिपनरसिंह राणाले आफुले चुनाव जितेपछि जनताको सेवक र नोकर भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपालन्ज उपमहानगरपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेस वडा समितिको सम्पर्क कार्यालय उद्घाटन तथा घरदैलोका क्रममा उनले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

काँग्रेस नेपालन्ज उपमहानगरपालिका वडा नम्बर–१ का सभापति सितादेवी काफ्लेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा उम्मेदवार राणाले आफु बाँके जिल्लाको लागि नयाँ अनुहार नभई लामो समयदेखि झण्डा र डण्डा लिएर मुलुकको लोकतन्त्र बचाउन, जनताको हक र अधिकारलाई स्थापना गर्नका लागि हिजोदेखि नै हिडेका मान्छे भएको बताए ।

‘हामी अरु जस्तो कुनै व्यपार विजनेस गरेर आएका होईनौं, काँग्रेसका लागि संघर्ष गरेका व्यक्ति भएकोले नेपाली काँग्रेस तथा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्दछु,’ उनले भने ‘विपीले देखेका सपना अझैं पुरा भएका छैनन्, ती अधुरा सपना पुरा गर्न हामी आएका छौं, यदी सबैको साथ र सहयोग पाएमा आफुले विपीका अधुरा सपना पुरा गर्ने बताए । अरुको भावनामा बगेर अरुको भ्रामक कुरामा लागेर कांग्रेसलाई कमजोर नबनाउन सबैलाई आग्रह गरे ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै बाँके, प्रदेश सभा २(२) का सशक्त उम्मेदवार सुरेन्द्रबहादुर हमालले काँग्रेसले जित्यो भने मुलुकमा विकाससँगै लोकतन्त्र सुदृढ भएर जाने बताए । अरुले जस्तो पदमा रहँदा गरिने व्यवहार र पदमा नरहँदा गरिने फरक व्यवहार आफुहरुले नगर्ने प्रतिवद्धता जनाए ।

‘संबिधानलाई बचाउनका लागि लोकतन्त्र र प्रजातन्त्रलाई सुदृढिकरण गर्नका लागि नेपाली काँग्रेसलाई जिताउन आवश्यक छ,’ उनले भने ।

उक्त कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निवर्तमान सभापति किरण कोइराला, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, जिल्ला सचिव सुधान्शु कोइराला, निवर्तमान उपमेयर उमा थापामगर लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।