नेपालगन्ज २० कार्तिक : नेपाली काँग्रेसबाट बाँकेको क्षेत्र नम्बर–२ मा प्रतिनिधी सभाका उम्मेदवार सुदीप नरसिंङ राणाको चुनावीप्रचार नेपालगन्जमा प्रभावकारी बन्दै गएको छ ।
प्रतिनिधी सभाका उम्मदेवार राणासहित नेपाली काँग्रेसबाट प्रदेश सभाका उम्मेदवार सुदेन्द्रबहादुर हमालले आईतबार बेलुका नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१ क्षेत्रमा चुनावी प्रचार गरे । चुनावी प्रचारका क्रममा वडा नम्बर–१ मा रहेको धम्बोझी, वाटरपार्क लगायत क्षेत्रमा रहेका मतदातालाई भेट्दा आफू उत्साहित भएको राणाले सुनाए ।
‘प्रचारका क्रममा नेपालगन्जको वडा नम्बर–१ मा देखिएको उत्साहले हाम्रो मनोबल उच्च भएको छ, हामीले अब चुनाव जित्ने निश्चित भइसकेको छ,’ उनले भने ‘काँग्रेसलाई चुनाव जिताउन वडा नम्बर–१ का मतदाताले गरेको सत्कारले उत्साहित भएका छौं ।’
राणा आईतबार बिहानैदेखि चुनावी प्रचारमा जुटेका थिए । यसअघि प्रचार प्रसारका क्रममा राणा डुडुवा गाउँपालिका क्षेत्र पनि पुगेका थिए । जहाँ डुडुवा गाउँपालिकाबासीले खुलेर साथ दिएका थिए ।
चुनावी प्रचारका क्रममा काँग्रेसका नेता तथा कार्यकर्ताको ठुलो संख्यामा उपस्थिती रहेको थियो । शालिन र इमान्दार ब्यक्तित्वको छबि बनाएका नेता राणा युवादेखी बृद्धबृद्धासम्मको ढुकढुकी बनेका छन् ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ