‘देशलाई बचाउने पार्टी काँग्रेस हो, काँग्रेस उम्मेदवारलाई हाम्रो भोट’


‘देशलाई बचाउने पार्टी काँग्रेस हो, काँग्रेस उम्मेदवारलाई हाम्रो भोट’

नेपालगन्ज २१ कार्तिकः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ का मतदाताले काँग्रेसका उम्मेदवारलाई नै भोट हाल्ने अठोट लिएका छन् ।

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा काँग्रेस उम्मेदवारलाई जिताउने अभियानमा आफूहरु जुटेको सोमबार बिहान घरदैलोका क्रममा बाँके, प्रदेश सभा–२ (२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल समक्ष मतदाताले यस्तो बताएका हुन् ।

आफ्नो पुर्खाहरुले पनि काँग्रेस मै भोट हाल्दै आएको र आफूले पनि काँग्रेस मै भोट हाल्ने मतदाताको भनाई छ । ‘हाम्राबुवा र बाजेले काँग्रेसमाभोट हाल्नु भयो, हामीले पनि काँगे्रेस बाहेक यो देशमा राम्रो पार्टी अहिलेसम्म देखेनौं, त्यसकारण हाम्रो भोट काँग्रेसका उम्मेदवारलाई नै जान्छ,’ एक स्थानीयले भने ‘यो देशलाई अप्ठ्यारो परेको बेला बचाउने पार्टी भनेकै नेपाली काँग्रेस हो ।’

त्यसै क्रममा उम्मेदवार हमालले वडा नम्बर–२ न्युरोडस्थित भानुभक्त चोकमा हाईमस्ट लाईट जडान गर्नुका साथै २ नम्बरमा अधुरा काम पूरा गर्ने प्रति आफू प्रतिव्द्ध भएको बताए । अब दिनप्रतिदिन मंसिर ४ गते नजिकिँदै गएकाले सबैजना काँग्रेस जिताउने अभियानका रुपमा अगाडी बढ्न उनले आग्रह गरे ।

नेपाली काँग्रेस नेपालगन्ज वडा नम्बर–२ द्वारा आयोजित घरदैलो अभियान बागेश्वरी पार्कबाट सुरु भएर वडा नम्बर–२ को न्युरोड, बौद्धगुम्बा, बसपार्क, विकास नगर र सुर्खेतरोड हुँदै वडा नम्बर–२ को सम्पर्क कार्यालयमा पुगेर समापन गरिएको थियो ।

घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार हमालसहित जिल्ला, क्षेत्र, प्रदेश सभा, नगर र वडा तहका नेता, कार्यकर्ता, सर्बसाधारण लगायतको उपस्थिती रहेको थियो ।