‘सबैलाई न्याय हुने गरी काम गर्छु’ : उम्मेदवार राणा


‘सबैलाई न्याय हुने गरी काम गर्छु’ : उम्मेदवार राणा

नेपालगन्ज २१ कार्तिक : नेपाली काँगे्रससहित पाँच दलिय गठबन्धनबाट बाँके, क्षेत्र नम्बर–२ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदीप नरसिंह राणा आफूले गर्ने हरेक विकास निर्माणका काम सबै वर्गका जनताका लागि न्याय सम्मत हुने बताएका छन् ।

जनप्रतिनिधी सधैं जनमुखी हुनपर्नेमा जोड दिदैँ उनले जनप्रतिनिधीले गर्ने काम न्याय सम्मत हुनुपर्ने बताए । नेपालगन्जमा सोमबार जी नेपाल एचडी टेलिभिजनले क्षेत्र नम्बर–२ उम्मेदवारसँग गरेको कार्यक्रममा राणाले जनमुखी विचारलाई जोड दिएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘निर्वाचनमा कसले भोट देलान्, कसले भोट नदेलान्, तर एउटा जनप्रतिनिधीको हैसियतले ठाउँमा पुगिसकेपछि सबैलाई न्याय सम्मत हुने गरी कुनैपनि काम, कुनैपनि त्रियाकलाप, कुनैपनि सेवा जनताको भावना र मर्म अनुसार गर्नुपर्छ भन्ने मेरो सोच छ,’ राणले भने ।

एकैपटक विकास र परिवर्तन नहुने भन्दै उनले विकास र परिवर्तनका कुराहरु समयसँगै हुने बताए । उनले अगाडी भने, ‘यो समय क्रमसँगै हुने कुरा हो, तर हामीले कस्तो विकास चाहेका छौं, भनेर योजनाबद्ध भएर जानु पर्छ ।’