चिसापानीबाट सुरु गरे राठौरले घरदैलो


चिसापानीबाट सुरु गरे राठौरले घरदैलो

चिसापानि(बाँके) २१ कार्तिक : नेपाली काँग्रेसका केन्द्रिय सह–महामन्त्री एवम् बाँके क्षेत्र नम्बर–३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले सोमबार बैजनाथ गाउँपालिका वडा नम्बर–१ चिसापानीबाट घरदैलो अभियान सुरु गरेका छन् । यसअघि क्षेत्र नम्बर ३ का विभिन्न वडामा आयोजित चुनावी कार्यक्रममा ब्यस्त भएका उनी मतदाता भेट्न घरदैलोमा पुगेका हुन् ।

केन्द्रिय स्तरका शीर्ष नेतालाई आफ्नै घरदैलोमा देख्दा चिसापानीका मतदाता दंग परेका छन् । ‘केन्द्रिय स्तरको नेता हाम्रो क्षेत्रबाट चुनाव लड्दा हामीलाई गौरव महसुस गरेका थियौं, उम्मेदवार स्वयं घरदैलोमा आएर मत माग्दा हामीलाई थप खुसी लागेको छ,’ चिसापानीका मतदाताले भने ।

Kanti Aarogya Hospital Nepalgunj

बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट घरदैलोमा पुगेका उम्मेदवार राठौरले आफु पैसा कमाउनका लागि राजनीतिमा नआएको प्रष्ट्याए । ‘मैले चाएको भए ब्यापार गरेर पैसा कमाउने थिए होला, तर मैले राजनीतिलाई नै अगाडी बढाए,’ राठौंरले भने ‘मैले देश र समाजको विकास गर्नका लागि राजनीति गरेको हुँ ।’

बैजनाथ गाउँपालिका वडा नम्बर–१ चिसापानीबाट सुरु भएको घरदैलो अभियान क्रमशः अन्य वडामा पनि लैजाने नेपाली काँग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले बताएका छन् । उनका अनुसार सोमबार बैजनाथ–१ चिसापानीस्थित सल्यानी टोल, गाभरबाट घरदैलो सुरु गरिएको थियो ।