नेपालगन्ज २२ कार्तिक : प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्र बहादुर हमाल अहिलेका युवाले चाहेको उम्मेदवार भएको वडा नम्बर ४ का मतदाताले बताएका छन् ।
उनीहरुले भने–‘नेपालगन्ज विकासको लागि हामिले सुरेन्द्र हमाल जस्तो उम्मेदवार चाहेका थियौं, उम्मेदवार पाएका छौं । अब उहाँलाई जिताउने जिम्मा हाम्रो हुन्छ । हामी उहाँलाई जसरी पनि जिताउछौं ।’
जनताले रुचाएको सालिन र भद्र स्वभावका हमाल कसैको आँखामा राखेपनी नबिझाउने उम्मेदवार भएकाले हमाललाइ जिताउने आफ्नो दायित्व भएको उनीहरुको भनाइ छ ।
कुनै विषयगत नभई समग्र नेपालगन्जको विकास चाहने उम्मेदवार हमाल महिलाहरुको ३३ प्रतिशत नभइ ५१ प्रतिशत सहभागीता हुनुपर्छ भन्ने बिचार बोकेर हिँड्नु भएको छ । त्यसैले पनि सुरेन्द्र हमाललाई नै जिताउने वडा नम्बर–४ का महिलाहरुले प्रतिबद्धता जनाए ।
आज मंगलबार नेपालगन्जको वडा नम्बर–४ मा घरदैलोका क्रममा वडाबासी मतदाताले हमालका पक्षमा आफ्नो धारणा राखेका हुन् ।
मधेसी तथा मुस्लिम समुदायका महिला तथा बालिकालाई बिद्यालय पठाउन प्रेरित गर्ने व्यक्ति उम्मेदवार हुँदा खुशी व्यक्त गर्दै आफ्नो समर्थन हमाललाई हुने र उनलाई बिजयी गराउन मुस्लिम समुदायका अगुवा मतदाताहरुले बताएकाछन् ।
त्यसैगरी, महिलाको हकमा बेरोजगार महिलालाई व्यबसायमा सहयोग पुग्ने तालिम प्रदान गर्ने र रोजगारीको सिर्जना गर्ने हमालले प्रतिबद्धता जनाए । घरदैलो कार्यक्रममा काँग्रेस नेता कार्यकर्ता तथा वडाबासीको सहभाता रहेको छ ।