राणालाई जिताउन डुडुवासीको एक्कबद्धता


राणालाई जिताउन डुडुवासीको एक्कबद्धता

डुडुवा (बाँके ) २२ कार्तिक : बाँकेको क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदीपनरसिंह राणाको लोकप्रियता डुडुवा गाउँपालिकामा बढ्दो देखिएको छ । चुनावी प्रचारका क्रममा डुडुवासीको घरदैलोमा पुगेका राणालाई जिताउन डुडुवासीले एक्केबद्धता समेत जनाएका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका राणा केही दिनएता चुनावी प्रचारप्रसारका क्रममा डुडुवा गाउँपालिकाका विभिन्न वडा तथा बस्तीहरुमा पुगिरहेका छन् । नेपाली काँग्रेसका नेता कार्यकर्तासहित डुडुवाबासीको घरदैलोमा पुग्दा राणालाई स्थानीयले फूलमालाले स्वागत समेत गर्ने गरेको पाइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मंगलबार पनि चुनावी प्रचारकाक्रममा राणा डुडुवा गाउँपालिकाको वडा नम्बर–५ मा रहेका डलैपुर, गुहाना, रंगीताल, तिलकपुर, मिलनिया, मोतिडाडाँ, डाँगी टोल पश्चिम तिलकपुर, जब्दहवा लगायतका विभिन्न बस्तीहरुमा पुगे । सो क्रममा राणालाई स्थानीयबासीले फूलमाला तथा अबिर लगाएर स्वागत् गरेको हुन् ।

सो समयमा स्थानीयले राणालाई बोलाएर भेटघाट गर्दै जिताउने प्रतिबद्धता समेत व्यक्त गरे । स्थानीयबासीले राणालाई क्षेत्र नम्बर–२ को विकासको अगुवाका रुपमा देखेको बताए । मतदातालाई भेट्ने क्रममा राणाले आफू जनताको सेवा गर्न चुनावी अभियान होमिएको बताउँदै, डुडुवाबासीको हरेक समस्या आफ्नो रहेको बताए ।