‘चुनाव जितेपछि सबै धर्म, सँस्कृतीको संरक्षण र संम्बद्र्धनमा जोड दिन्छु: उम्मेदवार राठौंर
जानकी(बाँके) २२ कार्तिक : सबै धर्म, सँस्कृतीको संरक्षण र सम्वद्र्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ ।
नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले आफु निर्वाचित भएपछि सबै धर्म, सँस्कृतीको संरक्षण र संम्बद्र्धनमा जोड दिने बताए ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर–२ स्थित जोगागाउँमा मंगलबार कार्तिक पूर्णिमा ‘नहान मेला’को उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सहमहामन्त्री राठौरले विधिध धर्म र सँस्कृती भएको देशमा सबैको धर्म र सँस्कृतीको सम्मान गर्ने पार्टी नै नेपाली काँग्रेस भएको बताए ।
मेला सफलताको शुभकामना दिदँै नेता राठौरले भने, ‘जानकी गाउँपालिकाले यस मेलालाई सहयोग गर्ने र प्रवद्र्धन गरेको मैले पाए, यो राम्रो कुरा हो ।’ पाँच दलिय गठबन्धनका कारण आफु बर्दिया क्षेत्र नम्बर–२ छाडेर बाँकेको क्षेत्र नम्बर–३ मा निर्वाचन लड्न आएको बताए ।
‘बाँके र बर्दियामा मेरो ६० वर्षदेखी घर छ, सुशिल दाई र मेरो एउटै निर्वाचन क्षेत्रमा पर्ने भएको हुनाले म परिस्थितीले गर्दा म बर्दियामा गएको थिए,’ उम्मेदवार राठौंरले भने ‘म बाँके र बर्दियाको विकासलाई म जोड्न चाहन्छु, बाँके र बर्दिया मेरो ठाउँ हो ।’ आफुले आगामी दिनमा मन्दिर, मस्जिद, चर्च, गुरुद्धारा, गुम्बामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमका विशिष्ट अतिथी एवम् बाँके प्रदेश सभा–३(३)का उम्मेदवार बादशाह कुर्मीले सबै समुदायको धर्म, सँस्कृती संरक्षण र सम्वद्र्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।
आफु निर्वाचित भएपछि जोगागाउँ मेलालाई अझ ब्यवस्थित रुपले सञ्चालन गर्न बजेट छुट्याउने बताए ।
जोगागाउँलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्नेमा उनले जोड दिए । आफु संविधान सभा सदस्य रहँदा जोगागाउँ क्षेत्रमा धार्मिक संस्था र बाटोमा बजेट हालेको स्मरण गरे ।
उक्त कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले मेला सञ्चालनका लागि गाउँपालिका कार्यालयले आवश्यक सहयोग गरेको बताए ।
आगामी निर्वाचनमा मतदाताले सही उम्मेदवारको पहिचान गर्नुपर्ने अध्यक्ष खाँको सुझाव छ । कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, राजनीतिक दलका प्रतिनिधी, उम्मेदवार, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी