कोहलपुर २२ कार्तिक : लोकतान्त्रिक–बाम गठबन्धनले बाँके क्षेत्र नम्बर– १ का ३० वटै वडामा एकसाथ घरदैलो तथा जनभेटघाट अभियान सुरु गरेको छ ।
निर्वाचन क्षेत्रको ३० वटै वडामा निर्वाचन परिचालन समिती गठन गरेको पाँच दलिय लोकतान्त्रिक–बाम गठबन्धनका नेता कार्यकताहरु आफ्ना प्रतिबद्धता सहित जनताको घर दैलोमा पुग्दै आएका छन् ।
घरदैलो तथा जन भेटघाटका क्रममा जनताका गुनासो र सुझावहरु संकलनहरु समेत गरेका छन् । गठबन्धनका उम्मेदवार बाहेक कार्यक्रर्ताहरु पनि सक्रिय रुपमा चुनाबि गतिबिधीमा खटिएको निर्वाचन परिचालन समितीका बाँके क्षेत्र नम्बर–१ का संयोजक नरेन्द्र न्यौपानले जानकारी दिए ।
निर्वाचन परिचालनकालागी प्रदेश स्तरमा बाँके–१ (क) मा पट्टु थारु र १ (ख) का लागी बलराम शर्मा संयोजक रहेको निर्वाचन परिचाल समितीले काम गरिरहेको छ ।
प्रदेश निर्वाचन परिचालन समितीका संयोजक बलराम शर्माले गठबन्धका चुनाबि कार्यक्रमहरु उत्साह जनक रुपमा भईरहेको बताएका छन । वडा, नगर र क्षेत्र स्तरका सम्पुर्ण नेता कार्यकर्ता चुनावी प्रचार अभियामनमा होमिएको उनले जानकारी दिए ।
बाँके १ (क) निर्वाचन परिचालन समिती संयोजक पट्टु थारुले उक्त निर्वाचन क्षेत्रमा गठबन्धका एकलौटी प्रचार अभियान चलिरहेको जानकारी दिए । ‘अन्य दलको गतिबिधी नगन्य छ गठबन्धनका पक्षमा एक लौटी उभार छ’ उनले भने । सो क्षेत्रमा नेपाली काँग्रेस र नेकपा माओवादीको बर्चस्व रहेको क्षेत्र रहेकाले अन्य दलको उपस्थिती नरहेको उनले बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी