नेपालगन्ज २२ कार्तिक : बाँके क्षेत्र नम्बर–२ मा एमाले–राप्रपा गठबन्धनले ३२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । यो क्षेत्रमा प्रतिनिधिसभामा राप्रपाका महामन्त्री डाक्टर धवलशमशेर राणा र प्रदेशमा एमालेका विजय यादव र निरक गुरुङ उम्मेदवार रहेका छन् ।
क्षेत्र नम्बर–२ मा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएको छ । एमाले र राप्रपा गठबन्धनका उम्मेदवारले दुवै ठाउँलाई फोकस गरेर प्रतिबद्धता पत्र बनाएका छन् ।
डुडुवामा कन्या स्कुल र स्नातक कलेज, तालतलैयाको संरक्षण, नेपालगन्जलाई मेडिकल हब बनाउन टुरिजमलाई प्रोत्साहन, नेपालगन्ज–डुडुवा रोड विस्तार र स्तरोन्नती, सिंचाइ प्रबन्ध, राप्ती नदीको कटान, डुबान र पटान रोक्न तटबन्ध, हरियाली र सफा शहरका लागि वृक्षारोपण, नेपालगन्ज बाहिरबाट आउटर रिङरोड निर्माण, विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने, मल उद्योग बनाउन पहल गर्ने, डुडुवामा खेल मैदान बनाउने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।
प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा उम्मेदवारसँगै राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, एमालेका केन्द्रिय सदस्य पशुपतिदयाल मिश्र, दीपा शर्मा, पूर्व केन्द्रिय सदस्य देवराज भारलगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ