बाँके क्षेत्र–२ : एमाले–राप्रपा गठबन्धनको ३२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक


बाँके क्षेत्र–२ : एमाले–राप्रपा गठबन्धनको ३२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगन्ज २२ कार्तिक : बाँके क्षेत्र नम्बर–२ मा एमाले–राप्रपा गठबन्धनले ३२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । यो क्षेत्रमा प्रतिनिधिसभामा राप्रपाका महामन्त्री डाक्टर धवलशमशेर राणा र प्रदेशमा एमालेका विजय यादव र निरक गुरुङ उम्मेदवार रहेका छन् ।

क्षेत्र नम्बर–२ मा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएको छ । एमाले र राप्रपा गठबन्धनका उम्मेदवारले दुवै ठाउँलाई फोकस गरेर प्रतिबद्धता पत्र बनाएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

डुडुवामा कन्या स्कुल र स्नातक कलेज, तालतलैयाको संरक्षण, नेपालगन्जलाई मेडिकल हब बनाउन टुरिजमलाई प्रोत्साहन, नेपालगन्ज–डुडुवा रोड विस्तार र स्तरोन्नती, सिंचाइ प्रबन्ध, राप्ती नदीको कटान, डुबान र पटान रोक्न तटबन्ध, हरियाली र सफा शहरका लागि वृक्षारोपण, नेपालगन्ज बाहिरबाट आउटर रिङरोड निर्माण, विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने, मल उद्योग बनाउन पहल गर्ने, डुडुवामा खेल मैदान बनाउने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।

प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा उम्मेदवारसँगै राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, एमालेका केन्द्रिय सदस्य पशुपतिदयाल मिश्र, दीपा शर्मा, पूर्व केन्द्रिय सदस्य देवराज भारलगायतको उपस्थिति रहेको थियो ।