नेपालगन्ज २२ कार्तिक : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–५ का स्थानीय बासिन्दाले नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
घरदैलोका क्रममा पुगेका बाँके, प्रतिनिधी सभा क्षेत्र नम्बर– २ का काँग्रेस सहित गठबन्धनका उम्मेदवार सुदिप नरसिंह राणा र प्रदेश सभा–२ (२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल समक्ष स्थानीयले यस क्षेत्रको विकास र समृद्धिका लागि काँग्रेसका उम्मेदवारलाई मतदान गर्नुका विकल्प नरहेको बताए ।
सो क्रममा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार राणाले आफु लगायत काँग्रेसका उम्मेदवारलाई भोट दिई विजयी गराउन आग्रह गरे । वडाबासी सबैले विश्वास गरेर भोट दिए आफुहरुको जित निश्चित रहेको बताए ।
यस्तै बाँके, प्रदेश सभा–२(२) सदस्य पदका उम्मेदवार हमालले निर्वाचनको समय नजिकिदै गएकाले अब हात बाँधेर बस्न नहुने बताए । ‘मंसिर ४ को समय दिन प्रतिदिन नजिक नजिक आउँदैछ, अब १२ दिन मात्र बाँकी छ, अब हामी युद्ध स्तरमा निस्किनुपर्छ,’ उनले भने ।
उम्मेदवार हमालले अहिले समय खेर फाल्ने अवस्था नरहेको बताए । मतदाताको घर–घरमा गएर आफ्नो कुरा राख्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।
जनताको विश्वासले दिएको भोटको कदर स्वरुप विकास गर्ने उनले प्रतिवद्धता जनाए । नेपालगन्ज–५ मा मंगलबार अपरान्ह आयोजित घरदैलोका क्रममा स्थानीय नेता, कार्यकर्ता तथा वडाबासीको सहभागिता रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी