मतदाताको घरदेखी खेतसम्म प्रदेश सभा–१ (२) का उम्मेदवार ‘फुलाराम’


मतदाताको घरदेखी खेतसम्म प्रदेश सभा–१ (२) का उम्मेदवार ‘फुलाराम’

ढकेरी(बाँके) २२ कार्तिक : बाँके प्रदेश सभा–१(२)का नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका साझा उम्मेदवार फुलाराम थारुले मंगलबार कोहलपुर र राप्ती सोनारीमा घरदैलो गरेर मतदातासँग भोट मागेका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर १, २, ३ तथा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा पुगेर मतदातालाई प्रत्यक्ष रुपमा भेट गरेका हुन् ।

प्रदेश सभा–१ (२) मा कोहलपुर नगरपालिकाको १५ वटा वडा र राप्ती सोनारीको वडा नम्बर ८ र ९ पर्छ । आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार फुलाराम पुगेपछि मतदाताले स्वागत गरेका थिए । घरदैलोका क्रममा उनले मतदातालाई खेतबारीमा समेत पुगेर मतदान गर्न आग्रह गरेका थिए । भेटघाटका क्रममा मतदाताबाट पाएको प्रतिवद्धता र विश्वासले आफु उत्साहित भएको उम्मेदवार थारुले सुनाए ।

‘हामी जहाँ जहाँ पुग्यौं, त्यहाँका मतदाताले नेपाली कांग्रेस सहित गठबन्धनप्रति निकै राम्रो प्रतिक्रिया दिनुभयो,’ उनले भने । प्रदेश सभा सदस्य पदका उम्मेदवार थारु काँग्रेस सहित पाँच दलिय गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तासहित घरदैलोमा हिडिरहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनीसहित प्रतिनिधी सभा क्षेत्र नम्बर–१ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराज अथक पनि पुग्ने गरेका छन् । वर्तमान खेलकुद मन्त्री समेत रहेका अथकलाई पनि स्थानीय बासिन्दाले ठाउँ ठाउँमा स्वागत गर्ने गरेका छन् ।