खजुार २३ कार्तिकः नेपाली काँग्रेसका सहमहामन्त्री एबम बाँके क्षेत्र नम्बर –३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशोरसिंह राठौरले बाँकेको क्षेत्र नम्बर–३ को बजार क्षेत्रलाई आधुनिक बजारीकरण तथा ग्रामीण क्षेत्रलाई व्यवसायिक कृषि एवं पशुपालन क्षेत्रका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताएकाछन् ।
बाँके क्षेत्र नम्बर–३ अन्तर्गत खजुरा क्षेत्रका उद्यागी व्यवसायीहरुसंग खजुरा बजारमा अन्तक्र्रिया गर्दै बाँकेको क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यका गठवन्धनका उम्मेदवारसमेत रहेका काँग्रेस सहमहामन्त्री राठौरले खजुरा बजारको पुरानो साख फर्काएर यस क्षेत्रकै व्यापारिक एवं उद्यम केन्द्र बनाइने बताए ।
सहमहामन्त्री राठौरले खजुरा बजार पहिले विमानस्थल र खाद्य भण्डारका रुपमा यस क्षेत्रमै चर्चित र व्यस्त बजार रहेकोमा पछिल्लो राजनीतिक नेतृत्वले खजुरालाई अगाडी बढाउन नसकेको बताए ।
आफु बाल्य एवं युवाकालमा खजुराको विमानस्थल प्रयोग गरेर आवतजावत गर्ने गरेको स्मरण गर्दै सहमहामन्त्री राठौरले खजुरा बजार भित्रका गाउँहरुले खाद्यान्न उत्पादन गरेर देशका विभिन्न भागमा पठाउने विगतलाई पुनःस्थापित गर्ने खालको कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त गरे ।
सहमहामन्त्री राठौरले २ वर्षभित्र नेपालगन्ज गुलरिया सडकलाई फोर लेन बनाउने तथा पेडारीसहितका नालामा अत्याधुनिक पूल निर्माण गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गरेको बताए ।
उनले देशैभर गठवन्धनको लहर रहेकाले निर्वाचनपछि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र घोषणापत्र अनुसार मुलुकलाई सुशासनसहितको समुन्नतिको बाटोमा अघि बढाउने उल्लेख गरे ।
कार्यक्रममा खजुरा उद्योग व्यापार संघका अध्यक्ष नेत्र रानाभाट, प्रतिष्ठित उद्योगी उत्तमराज घिमिरे, शिवराज श्रेष्ठलगायतले खजुरा क्षेत्रमा उद्योग र व्यापारको अवस्था र आवश्यकताबारे धारणा राखेका थिए।