आफ्ना उम्मेदवारलाई जिताउने काँग्रेस वडा तहका नेता कार्यकर्ताको प्रतिबद्धता


आफ्ना उम्मेदवारलाई जिताउने काँग्रेस वडा तहका नेता कार्यकर्ताको प्रतिबद्धता

नेपालगन्ज २३ कार्तिक : आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि काँग्रेस सहित पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन अझ सक्रिय भएर लाग्ने काँग्रेस वडा तहका नेता, कार्यकर्ताले प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस जिल्ला प्रचार–प्रसार समितिले बुधबार(आज) आयोजना गरेको छलफलमा बोल्ने अधिकासं वडा सभापति तथा प्रतिनिधीले नेपाली काँग्रेसका उम्मेदवार नै योग्य, सक्षम र निस्कलंकित रहेकाले उनीहरूलाई जिताउन वडामै गतिविधी सञ्चालन गर्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रचारप्रसार समितिका संयोजक गोपाल अधिकारीको सभापतित्वमा आयोजित छलफलमा प्रमुख अतिथी एवम काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायण प्रसाद गौडेल, निर्वतमान सभापति किरण कोइराला, उपसभापति सुनिलनरसिंह राणा, पुर्बसभापति गजेन्द्र हमाल, बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदीप नरसिंह राणा, प्रदेश सभा–२(१) का उम्मेदवार राजकुमार बर्मा, प्रदेश सभा–२(२) का उम्मेदवार सुरेन्द्र हमाल, संबिधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी, पुर्बसांसद कैलाशनाथ गुप्ता, लुम्बिनी प्रदेशका निवर्तमान सांसद याकुव अन्सारी, काँग्रेस जिल्ला सचिव सुधान्सु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणुसिंह ठाकुर, बाँके क्षेत्र नम्बर–२ का सभापति रमेश गुप्ता, सचिवद्वय सुनिलसिंह हमाल र प्रदीप साह, लुम्बिनी प्रदेशका समानुपातिक सांसदका उम्मेदवारद्वय माया पुन, सुशीला नेपाली (वादी) र मिना सिद्दिकी (बोहरा), महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, भातृ तथा सुभेच्छुक संस्थाका अध्यक्ष तथा प्रतिनिधी, क्षेत्रीय प्रतिनिधी, पार्टीका कृयाशिल सदस्य लगायतको उपस्थिती रहेको छ ।