नेपालगन्ज २३ कार्तिक: बाँकेको क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा निर्वाचनतर्फ गठवन्धनका उम्मेदवार किशोरसिंह राठौरले चुनावी शैलीलाई परिर्वतन गरेकाछन् ।
जनताको घरदैलोमा पुगिरहेका राठौर अन्य उम्मेदवार झैं तामझामका साथ भाषण गर्ने र मतादातमाझ झुठा आश्वासन नबाँडी जनताले भोग्नु परेको सास्ती र मूल समस्या सुनिरहेकाछन् । निर्वाचनको मिति नजिकिदै गर्दा राठौर भने आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरआँगनमा पुगि उनीहरुको समस्या सुन्दै र टिपोट गरिरहेका हुन् ।
चुनावी प्रचारप्रसारको शैली परिर्वतन गरि मतदाताकै घरआँगनमा पुगेका राठौरको उपस्थितीले आम सर्वसाधरण प्रभावित बन्दै गएकाछन् । घरआगँनमै आफ्ना समस्या के हुन्, यस क्षेत्रको विकास गर्न के गर्नु पर्ला जस्ता जिज्ञासासहित मतदातासंग भलाकुसारी गरिरहेका राठौरको शैलीले मतदाताबीच रौठारको माहोल बन्दै गएको छ ।
जनताको समस्या सुन्दै बाँके निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ स्थित सिमलघारी, नौलापुर बानियाभारका जनतामाझ आफ्ना एजेण्डा राख्दै जनताका समस्या सुनिरहेका राठौले आफू निर्वाचित भएपछि समस्या समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
जनताको घरदैलोमा पुगेका राठौरलाई स्थानीयबासीको उत्साहपूर्ण साथ मिल्दै गएकोछ । मतदातासंगको भेटघाटमा स्थानीयबासीले राठौरलाई स्थानीय समस्याहरु सुनाएका थिए । उनीहरुले बैजनाथ गाउँपालिकामा देखिएको सुकम्बासी तथा भूमि समस्या समाधान, लालपूर्जाको ब्यवस्था, कृषि तथा सिँचाई, खोलानालाको कटान, सडक, शिक्षा र स्वास्थ्यलगायत भौतिक पूर्वाधारको समस्या माधान गर्न आग्रह गरेका थिए ।
जनताको गुनासो र समस्या सुनिसकेपछि राठौरले आफू भाषण र झुठा आश्वासन बाँड्ने नेता नरहेको प्रष्ट्याउँदै आफू निर्वाचित भए यी समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
राठौरले भने–‘हिजो तपाईहरुले एमालेलाई जिताएर के भयो ? आफैले आफैलाई प्रश्न गर्नुहोस्, यो विषयको समिक्षा गर्नुहोस् । यी समस्या समाधान गर्नतर्फ म लाग्छु । आगामी ५ वर्षमा त्यसको परिणामा तपाईले पाउनुहुनेछ । अरुको प्रलोभनमा परि आफ्नो अमूल्य भोट त्यसै खेर नफाल्नुहोस् ।’
नेपाली काँग्रेसले अल्पसंख्यकलाई जहिले पनि सम्मान गर्ने बताउँदै राठौरले सिमलघारी, नौलापुर र बानियाभर क्षेत्रका अल्पसंख्यक, धर्म, लिङ्ग, वर्ग, महिला, बालबालिका तथा बृद्धबृद्धा सबैकालागि बृहत खाकासहित अघि बढ्ने बताए ।
चुनावी प्रचारप्रसारको शैली परिर्वतन गरि मतदाताबीच पुगीरहेका राठौरप्रति आम सर्वसाधरणको उल्लेख्य साथ बढ्दै गएकोछ । बैजानाथ गाउँपालिकामा जनताको समस्या सुन्नेक्रममा गठबन्धनबाट प्रदेश सभा–‘क’ का उम्मेदवार दलबहादुर सुनार, समानुपातिक सांसदका उम्मेदवार आशा विक र विनोद कुमार थारु, नेपाली काँग्रेस गाउँपालिका सभापति देवबहादुर केसी, नेविसंघका केन्द्रिय अध्यक्ष डुजाङ्ग शेर्पा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कमला हमाल लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।