उम्मेदवार हमालको प्रतिवद्धता सुनेर नेपालगन्ज–८ का मतदाता उत्साहित


उम्मेदवार हमालको प्रतिवद्धता सुनेर नेपालगन्ज–८ का मतदाता उत्साहित

नेपालगन्ज २३ कार्तिक : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–८ का मतदाताले प्रदेश सभा–२(२)का उम्मेदवार सुरेन्द्रबहादुर हमाललाई नै मतदान गर्ने बताएका छन् ।

‘हमाल नेपालगन्जको स्थायी बासिन्दा हुन्, जस्ले नेपालगन्जको समस्या प्रत्यक्ष रुपमा बुझेका छन्, तिनलाई भोट नदिए कसलाई दिने ? हामीले नदिए कसले दिन्छ ?’ मतदाता भन्छन् ।

नेपालगन्ज– २ निवासी हमाल सबै जात जाती धर्म र सबै वर्गका जनतालाई एउटै नजरले हेर्ने आर्दशवान व्यक्तित्व हुन् । भारत्तोलन खेलका ओलम्पियन हमाल क्यान्सर जस्तो रोग जित्ने ब्यक्ति पनि हुन् ।

नेपालगन्ज वडा नम्बर–८ मा बुधबार घरदैलोका क्रममा हमालले आफ्नो चुनावी प्रतिवद्धता सुनाएका थिए । उनको प्रतिवद्धता सुनेपछि स्थानीय युवाहरु उत्साहित भए । ‘नेपालगन्ज– ८ का वडाबासी सबैको नजरमा हमाल एक सक्षम लिडरको रुपमा परिचित हुनुहुन्छ,’ एक युवाले भने, ‘उहाँ आफै पनि खेलाडी भएकाले नेपालगन्जले यस्तो उम्मेदवार पाउनु गर्वको कुरा हो, नेपालगन्जमा जन्मिदै गरेका खेलाडी र खेल क्षेत्रमा पनि बाँकी विकास गर्नुहुनेछ भन्नेमा हामी युवाहरु ढुक्क छौं ।’

Kanti Aarogya Hospital Nepalgunj

उम्मेदवार हमालले मतदाता समक्ष आफ्ना एजेण्डामा रहेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘मलाई मतदान गरि विजयी गराउनुस्, म यो ठाउँको विकास चाहन्छु, एउटा क्षेत्र मात्रै होईन, म नेपालगन्ज लगायत सिंगो बाँकेको विकास गर्न चाहान्छु,’ हमालले भने । बाँकेमा नेपाली काँग्रेससहित गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउन उनले आग्रह गरे ।