बाँके क्षेत्र नम्बर–१ प्रदेश ‘क’
राप्तीपारी (बाँके) २४ कार्तिक : बाँके प्रदेश ‘क’ मा चुनावी माहोल तातेको छ । काँग्रेस–माओवादी गठबन्धनबाट माओवादीकी कृष्णा केसी ‘नमुना’ उठेकी छन्, भने जसपाबाट अमर खड्का र एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नरेन्द्र कुमार पौडेल उठेका छन् ।
२०७४ सालको चुनावमा प्रदेश सभा सदस्य जितेकी नमुना यस पटक फेरी यहि क्षेत्रबाट उठेकीछन् । तर, नमुना सबै भन्दा कमजोर उम्मेदवारका रुपमा मैदानमा देखा परेकीछन् । जसपाका अमर र एमाले–राप्रपा गठबन्धनका नरेन्द्रबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
नरेन्द्र र अमर राप्तीपारीको भुमीमा राजनीति गरेका व्यक्ती हुन् जतिखेर नमुनालाई राजनीति भनेको समेत थाहा थिएन । दुवैजनालाई यहाँका हरेक तहतप्काका व्यक्तिले राम्रोसँग चिन्दछन्, उनीहरु घुलमिल छन् । तर, नमुना छैनन् । अमर र नरेन्द्रबीचको प्रतिस्पर्धा हुने भएपछि अहिले नमुना तेस्रो स्थानमा देखिएकिछन् ।
प्रदेश सभा सदस्य जितेर गएपछि ५ वर्षसम्म आफ्नो क्षेत्रमा केही नगरेको आरोप नमुनामाथि छ । राप्तीपारीका थुप्रै गाउँहरुमा त नमुनाले ५ वर्षमा १ पटक पनि पाइला नटेकेको आरोप छ उनीमाथि । ‘जो चुनाव जितेर गएको ५ वर्षमा एक पटक फर्केर आउँदैन उसलाई फेरी भोट कसरी दिने ?’ राप्तीपारीका जनताले अहिले यहि प्रश्न गरीरहेका छन् ।
नमुनाप्रति यहाँका जनता आक्रोसित देखिएका छन् । एकपटक चुनाव जिताएर गल्ती गरेको महशुस गर्दै यस पटक फेरी नमुनालाई भोट हालेर गल्ती नदोहो¥याउने यहाँका जनताको भनाई छ । नमुनाबाट राप्तीपारीका माओबादी कार्यकर्ता नै रुष्ट रहेकाछन् ।
नमुनाले आफ्ना लागि गरेको, आफुले कमायको र जनताका लागि केही नगरेको आरोप छ । माओवादी पार्टीका विनौनाका दिनेश थारुले भने –‘नमुनालाई केही काम गरिदिनुस् भन्दा यति पैसा लाग्छ भन्ने नदिएपछि कामै नगरिदिने । नमुनाले पैसा लाग्छ भनेर नगरेको काम अमर खड्काले बिना पैसा तुरुन्त गरिदिनु भयो अनि हामीले नमुनालाई भोट हाल्नेकी अमरलाई ।’
काँग्रेस बाँके क्षेत्र नम्बर–१ को भेलामा राप्तीपारी नरैनापुरका एक युवा नेताले त खुलेरै नमुनाको प्रचार गर्न नसक्ने बताए । ‘गठबन्धन भनेर के गर्ने ५ वर्षमा एक पटक थुप्रै गाउँमा अनुहार देखाएकी छैनन् नमुनाले ।’ अहिले हसिया हथौडालाई भोट माग्ने नमुना फेरी जाँदिनन् अर्को पटक रुखलाई भोट माग्दा जनताले टाउको फोड्छन त्यसैले नमुनाको प्रचार गर्न नसक्ने बताए । काँग्रेसका ति युवा नेताले नमुनाले भोटको ठेक्कका लागि एक्कै ठाउँमा पैसा दिएर भोटको ठेकेदार बनाएको समेत आरोप लगाए ।
‘हामीले प्रचार गर्नलाई बाइकमा हाल्ने तेल माग्दा चुनावपछि दिन्छु अहिले आफै हाल भन्ने, चुनावपछि नमुनालाई खोज्न कहाँ जाम ? भोटका लागि अन्यपाटीका मान्छेलाई ठेकेदार बनाएर पैसा बाँडने, हामी सक्दैनौ नमुनाको प्रचार गर्न ।’ ती युवा नेताले भने ।
५ वर्षसम्म नमुना नरैनापुरको एउटै व्यक्तीको घरमा जाने बस्ने मासुभात खाने आउने गरेको उल्लेख गर्दै काँग्रेसी ती युवाले भने ‘नमुनाको प्रचार गर्न हिँड्यो भने त यहाँका जनताले कुट्छन् ।’ चुनाव जितेर गइसकेपछि नमुनाले कुसुम, कचनापुर, राप्तीपारी विनौना, बैजापुर, फत्तेपुर, नरैनापुरमा नमुनाले केही नगरेको जनताको आरोप रहेको छ ।
अमर खड्का र नरेन्द्र पौडेलबिच कडा प्रतिस्पर्धा देखिएको छ । अमर युवाहरु माझ लोकप्रिय देखिएका छन् । उनको चुनावी प्रचार आक्रामक रहेको छ । अमरले लामो समय नेपाली काँगे्रसको राजनीति गरेको, काँग्रेस बाँकेको संगठन विभाग प्रमुख भएर काम गरिसकेको र जनताको काम पर्दा अहोरात्र खटिने हुनाले पनि उनको चुनावी माहोल निकै राम्रो देखिएको छ ।
नरेन्द्र कचनापुर स्थित लक्ष्मी उच्च माविको शिक्षक भएर लामो समय काम गरेको, एकपटक कचानापुर गाविसको अध्यक्ष भइसकेको, पञ्चायतकालमा उनका बुवा पारेश्वर पौडेल बाँकेको जिल्ला विकास समितिको सभापति भइसकेको र भिनाजु पूर्व मन्त्री प्रेमबहादुर भण्डारी यहि एक नम्बर क्षेत्रबाट चुनाव जितेको र दाई देवेन्द्र पौडेल बैजापुर गाविस अध्यक्ष भइसकेकाले पनि नरेन्द्रको चुनावी माहोल निकै राम्रो रहेको छ ।
बुवा, दाई र भिनाजुले यहि क्षेत्रबाट राजनीति गरेकालेपनि नरेन्द्रलाई यसले ठुलो व्याकअपको काम गरेको छ । नरेन्द्रलाई यहाँका जनताले सालिन, भद्र र एउटा काम गर्ने व्यक्तिको रुपमा हेरेका छन् ।