बाँके क्षेत्र नम्बर–२ मा चुनावी प्रचार ‘उत्साहजनक’


बाँके क्षेत्र नम्बर–२ मा चुनावी प्रचार ‘उत्साहजनक’

नेपालगन्ज २४ कार्तिकः बाँके क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनको चुनावी प्रचार–प्रसार उत्साहजनक देखिएको छ ।

नेपाली काँग्रेससहित गठबन्धनको तर्फबाट क्षेत्र नम्बर–२ मा सुदीप नरसिंह राणा मैदानमा छन् । उम्मेदवार राणाले हरेक दिन चुनावी प्रचार प्रसार उत्साहजनक बन्दै गएको बताए ।

काँग्रेसका नेता कार्यकर्तासहित राणाले बिहीबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२२ मा पुगेर घरदैलो गरेका छन् । वडा नम्बर–२२ पुरैनीमा राणाले भने, ‘आजको प्रचार पनि उत्साहजनक रहेको छ, हामी धेरै नै उत्साहित भएका छौं ।’ उनीसँगै चुनावी प्रचारमा रहेका नेपाली काँग्रेसका प्रदेश सभा– २ (१) का उम्मेदवार राजकुमार बर्मा र प्रदेश सभा–२ (२) का उम्मेदवार सुरेन्द्र हमाल पनि उत्साहित देखिएका छन् ।

चुनावी प्रचारका क्रममा काँग्रेससहित गठबन्धनका उम्मेदवारको साथमा नेता÷कार्यकर्ताको सक्रिय सहभागिता रहेको छ । बिहीबार पनि चुनावी प्रचारका क्रममा निस्केका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार राणा सहितका नेता/कार्यकर्ता उत्साहजनक रुपले सहभागी भए ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसमाथि जुन–जुन स्थानमा प्रचारका लागि राणा पुगेका छन्, उक्त स्थानका मतदाताले जितका लागि अग्रिम शुभकामना सहित भोट दिने प्रतिबद्धता समेत व्यक्त गर्ने गरेको राणा बताउँछन् ।

यस पटक नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता पनि उत्साहजनक रुपमा चुनावी प्रचारमा लागि परेका छन् । ‘सबैको मनमा उत्साहको कारण भनेको काँग्रेसका उम्मेदवारलाई भोट हाल्न पाउनु हो,’ मतदाता भन्छन् ।