नेपालगन्ज २५ कार्तिक : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० आदर्शनगरका स्थानीयले प्रदेश सभा–२ (२) सदस्य पदका उम्मेदवार सुरेन्द्र बहादुर हमाल नै योग्य र सक्षम भएकाले पुनः सांसदको जिम्मेवारीमा पुर्याउने बताएका छन् । हमाल प्रदेशसभा सदस्य पदमा उम्मेदवारका रुपमा पुनः दोहोरिनु नेपालगन्जबासीका लागि भर्वको कुरा भएको उनीहरुले बताए ।
उम्मेदवार भएपछि आफुहरु उत्साहित भएको स्थानीय बताउँछन् । हमालको घरदैलो तथा मतदाता भेटघाट अभियान जति तिब्र रुपमा अगाडी बढेको छ, त्यति नै मतदाता पनि उत्साहित देखिएका छन् ।
‘प्रदेश सभा सदस्य पदका लागि सुरेन्द्र हमाल पुनः उम्मेदवार बन्नु नेपालगन्जबासीका लागि गर्वको कुरा हो, उहाँ निर्वाचित भएपछि अधुरा कामहरु पुरा हुने हामीलाई विश्वास छ,’ ति स्थानीयले भने ।
नेपालगन्ज–१० आदर्शनगरमा घरदैलो तथा मतदातालाई भेट्न पुगेका उम्मेदवार हमाललाई आदर्शनगरबासीले जितको अग्रिम शुभकामना दिदैं आफुहरुले पूर्ण रुपले साथ दिने प्रतिवद्धता जनाएका थिए ।
नेपालगन्जमा सुरेन्द्र हमाल जत्तिको आदर्शवान र निस्किलंकित उम्मेदवार प्रदेश सभामा अन्य उम्मेदवार नभएको स्थानीय बताउँछन् ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ