बाँके क्षेत्र नम्बर– २ मा काँग्रेस उम्मेदवार राणासँग जनताको अपेक्षा


बाँके क्षेत्र नम्बर– २ मा काँग्रेस उम्मेदवार राणासँग जनताको अपेक्षा

नेपालगन्ज २५ कार्तिकः बाँके क्षेत्र नम्बर–२ मा नेपालगन्जका दुई वटा वडा बाहेक बाँकी २१ वटा वडा र डुडुवा गाउँपालिका पर्छ । यस क्षेत्रमा नेपाली काँग्रेसबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदीप नरसिंह राणा क्षेत्र नम्बर– २ मा रहेको धेरैजसो मतदाताको घर दैलोमा पुगिसकेका छन् । कतिपय वडा र टोलमा पुग्ने प्रयासमा छन् ।

चुनावी प्रचारसँगै यस क्षेत्रका जनताको अवस्था बुझ्नका लागि सकभर प्रत्येक मतदाताको घरदैलोमा पुग्ने अभियानमा रहेको राणा बताउँछन् । पहिलो पटक चुनावी अभियानमा होमिएका उनी आफ्नो पहिलो अनुभव भएका कारण सबै मतदाताको घर आँगनमा पुग्नुपर्ने बताउँछन् ।

यसरी जनताको घर आँगनमा पुग्दा राणालाई मतदाताले सकारात्मक प्रतिक्रिया दिदैँ आएका छन् भने राणाले पनि प्रचारका क्रममा उनीहरुको समस्यालाई प्राथमिकता दिने गरेका छन् । आगामी निर्वाचनमा काँग्रेस नै ठुलो पार्टी बन्ने र सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्ने भएकाले काँग्रेसका उम्मेदवार राणासँग बाँके, क्षेत्र नम्बर–२ का मतदाताले ठुलो अपेक्षा राखेका छन् ।

चुनावी अभियानका क्रममा शुक्रबार पनि राणा सहित काँग्रेसबाट प्रदेश सभा २ (१) का उम्मेदवार राजकुमार बर्मा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२३ र डुडुवा गाउँपालिका वडा नम्बर–६ का मतदातामाझ पुगेका छन् । सो क्षेत्रमा राणाप्रति जनताको उत्साहपूर्ण समर्थन देखिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

घरदैलो अभियानका क्रममा मतदाताले संबिधान रक्षा र क्षेत्र नम्बर–२ को विकासका लागि काँग्रेसका उम्मेदवारलाई मतदान गर्ने वचन दिएका छन् । घरदैलो गर्दा अधिकांस मतदाताले काँग्रेसका उम्मेदवारले भोट मात्रै नमागेर आफुहरुको समस्या सोधेको भन्दै खुसी ब्यक्त गरेका छन् ।