काँग्रेसका राणाको पक्षमा खुल्न थाले मतदाता, चुनावी प्रचारप्रसारमा साथ दिदैँ


काँग्रेसका राणाको पक्षमा खुल्न थाले मतदाता, चुनावी प्रचारप्रसारमा साथ दिदैँ

नेपालगन्ज २६ कार्तिक : प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा बाँकेको क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसलाई स्थानीयको साथ बढ्दै गएको छ ।

चुनावी प्रचारका क्रममा जनताको घरदैलो पुगिरहेका क्षेत्र नम्बर–२ बाट प्रतिनिधी सभाका उम्मेदवार नेपाली काँग्रेसका सुदीपनरसिंग राणाप्रति मतदाताको साथ बढ्दै गएको हो ।

चुनावी प्रचारका क्रममा नेपालगन्ज उप–महानगरपालिकाको वडा नमबर–२० राँझा क्षेत्रमा शनिबार राणासहितका नेपाली काँग्रेसका नेता तथा कार्यक्रता मतदाताको घरदैलोमा पुग्दा स्थानीयको उत्साहपूर्ण उपस्थितीसंगै राणाको समर्थनमा भेला भएका थिए ।

स्थानीय निशा चलाउने योपटक देशभर नेपाली काँग्रेसको माहोल रहेको बताउँदै क्षेत्र–२ बाट प्रतिनिधी सभाका उम्मेदवार सुदीपनरसिंह राणालाई भोट दिएर जिताउन लागि परेको बताइन् । उनले भनिन् हामी सबैले रुखमा भोट हाल्छौं, हाम्रा नेता राणालाई जसरी भएपनि जिताउछौं ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै अर्का स्थानीय गोपाल बर्माले वडा नम्बर–२० बाट राणालाई उल्लेख्यमात्रामा भोट जाने बताउँदै उनकै पक्षमा नतिजा ल्याउन हामी सबै लागेको बताए । उनले भने –‘राणालाई अत्याधिक मत दिन हामी सबै तयार छौं । हाम्रा नेता भनेकै राणा हुन् ।’

निशा र गोपाल जस्तै अर्की स्थानीय नानी कुमारी चलाउने र भवानी बुढाथोकी पनि राणाकै पक्षमा माहोल बन्दै गएको र उनको चुनावी वातावरण बलियो बनेको दावि गरिन् ।

चुनावी प्रचारका क्रममा राझाँमा राणाको साथमा एक सय ५० बढी सर्वसाधरण तथा नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । मतदाताको उत्साहपूर्ण साथ पाएका राणा आफ्ना चुनावी एजेण्डा जनतामाझ प्रष्टसंग राख्दै माहोल सिर्जना गरिरहेका थिए ।

चुनावी प्रचारप्रसारका क्रममा आफ्नो पक्षमा जनसमुदायको साथ र सहयोग बढेको देखेर उत्साहित बनेका राणाले आफ्ना मतदाताको विश्वास गुम्न नदिने प्रतिबद्धता ब्यक्त गरे ।

घरदैलो अभियानका क्रममा मतदाताले संबिधान रक्षा र क्षेत्र नम्बर २ को विकासका लागि काँग्रेसका उम्मेदवारलाई मतदान गर्ने वचन दिएका छन् । घरदैलो गर्दा अधिकांस मतदाताले काँग्रेसका उम्मेदवारले भोट मात्रै नमागेर आफुहरुको समस्या सोधेको भन्दै खुसी ब्यक्त गरेका छन् ।

राणाको चुनावी प्रचारप्रसार नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोईराला र कोषाध्यक्ष यज्ञ बस्नेत लगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।