नेपालगन्ज–१५ का स्थानीयलाई हमालबाट विकासको अपेक्षा


नेपालगन्ज–१५ का स्थानीयलाई हमालबाट विकासको अपेक्षा

नेपालगन्ज २६ कार्तिकः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ का स्थानीय बासिन्दाले बाँके प्रदेश सभा २ (२) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र बहादुर हमालले जसरी पनि जित्नुपर्ने बताएका छन् ।

‘सुरेन्द्र हमालले अघिल्लो पटक सांसद हुँदा धेरै राम्रा काम गर्नु भएको छ, उहाँबाट फेरी पनि विकास हुने अपेक्षा गरेका छौं, उहाँलाई फेरी पनि हामीले जिताउने हो,’ स्थानीयले भने ।

यस क्षेत्रको विकास गर्ने उम्मेदवार हमाल जस्तो अरु कोही नभएको स्थानीयको भनाई छ । हमाल नै प्रदेश सभा सदस्य पदमा सक्षम र योग्य उम्मेदवार भएकाले जनताले पुनः एक पटक जिम्मेवारीमा पुर्याउने नेपालगन्ज–१५ का सभापति जाबिर अलि बेहनाले बताए ।

हमाल आफै मतदातालाई भेट्न वडामा पुगेपछि यहाँका स्थानीय बासिन्दा निकै उत्साहित भएको उनले बताए । ‘हामीले हमालबाट नै विकासको आशा गरेकाले उहाँलाई नै जिताउने हो,’ मतदाता भन्छन् ।

Kids Festival 2022
kanti aarogya hospital

उम्मेदवार हमालले शनिबार अपरान्ह नेपालगन्ज १५ मा मतदाता भेटघाट गरेका छन् । हमाललाई जितको अग्रिम शुभकामना दिदै आफुहरुको पुर्ण समर्थन रहेको प्रतिक्रिया दिएका थिए । सो क्रममा उम्मेदवार हमालले जनताको विश्वासको सम्मान गर्दै जनताले चाहे अनुसारको विकास गर्ने प्रतिवद्धता जनाए ।