राणाको पक्षमा मतदाता खुल्दै


राणाको पक्षमा मतदाता खुल्दै

नेपालगन्ज २६ कार्तिक : सुदीप नरसिंह राणा, जो बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका छन् । उनी चुनावी प्रचारप्रसारमा तीव्ररुपमा लागि रहँदा उनको पक्षमा मतदात खुल्दै गएका छन् ।

शनिबार नेपालगन्जको वडा नम्बर–२० र वडा नम्बर–१५ क्षेत्रमा चुनावी प्रचार गरिरहँदा उनलाई स्थानीयले साथ दिने प्रतिबद्धता दिनुका साथै रुखमा भोट हाल्न पाउँदा खुशी व्यक्त गरे । त्यस्तै चुनावी प्रचारका क्रममा पार्टीका नेता तथा कार्यक्रता मात्र होइन स्थानीयबासीको उल्लेखनीय सहभागिता हुने गरेकोछ ।

चुनावी प्रचारमा उनीसगैं प्रदेश सभा–२ (१) सदस्य राजकुमार बर्मा र प्रदेश सभा–२ (२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल पनि त्यत्तिकै उत्साहित देखिन्छन् । चुनावी प्रचारका क्रममा स्थानीयको साथमा रुखमा भोट हाल्ने प्रतिबद्धता सुन्दा प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम काँग्रेसको पक्षमा रहेको उनीहरुको भनाइ ।

चुनावी प्रचारमा ब्यस्त क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा उम्मेदवार सुदीप नरसिंह राणाले भने–‘हामी जनताको घरदैलो पुग्दै गर्दा, जनताको समस्यादेखि उनीहरुको कुराहरु सुनिरहेका छौं । जनताले के चाहेका छन््, त्यो कुरालाई मनन् गरिरहेका छौं ।’

Kids Festival 2022
kanti aarogya hospital

उनले अगाडी थपे–‘मलाई राजनीतिबाट फाइदालिनु छैन । यहाँका जनताको सेवा गर्न पाउँ, उनीहरुलाई राज्यले दिने सेवासुविधाको पहुँचमा पुर्याउन सकुँ । मतदाताको हरेक सुखदुखको सारथी बन्न सकुँ ।’

चुनावी प्रचारसँगै यस क्षेत्रका जनताको अवस्था बुझ्नका लागि सकभर प्रत्येक मतदाताको घरदैलोमा पुग्ने अभियानमा रहेको राणाले बताए । पहिलो पटक चुनावी अभियानमा होमिएका उनी आफ्नो पहिलो अनुभव भएका कारण सबै मतदाताको घर आँगनमा पुग्नुपर्ने बताउँछन् ।

यसरी जनताको घर आँगनमा पुग्दा राणालाई मतदाताले सकारात्मक प्रतिक्रिया दिदैँ आएका छन्, भने राणाले पनि प्रचारका क्रममा उनीहरुको समस्यालाई प्राथमिकता दिने गरेका छन् ।

आगामी निर्वाचनमा काँग्रेस नै ठुलो पार्टी बन्ने र सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्ने भएकाले काँग्रेसका उम्मेदवार राणासँग बाँके, क्षेत्र नम्बर २ का मतदाताले ठुलो अपेक्षा राखेका छन् ।

चुनावी प्रचारका क्रममा राणा हरेक दिन डुडुवा गाउँपालिका र नेपालगन्ज उप–महानगरपालिकाका विभिन्न क्षेत्रमा पुगिरहेका छन् । शनिबार मात्रै राणाले नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर २० र १५ क्षेत्रमा रहेका मतदातालाई भेटेका छन् । मतदातालाई भेट्ने क्रममा राणालाई साथ दिन स्थानीयको बाक्लो उपस्थिति देखिएको थियो ।