बाँकेमा एमाले–राप्रपा तालमेलको उत्साहपूर्ण माहोल बन्दै


बाँकेमा एमाले–राप्रपा तालमेलको उत्साहपूर्ण माहोल बन्दै

नेपालगन्ज २७ कार्तिक : बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका उम्मेदवारको उत्साहपूर्ण माहोल बन्दै गएकोछ। सत्ता गठबन्धनभित्र आन्तरिक किचलो बढ्दै गएकोले पनि जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एमाले–राप्रपा तालमेलको उत्साहपूर्ण माहोल बन्दै गएको हो ।

सत्ता गठबन्धनमा बाँके क्षेत्र नम्बर–१ मा माओवादी नेता अमर खड्का चुनावको मुखैमा जसपा प्रवेश गरी उम्मेदवार बनेको र पुरानै उम्मेदवारलाई पुन दोह¥याएकोमा माओवादीभित्र एक समूह असन्तुष्ट छ भने काँग्रेसको धेरै मत रहेको उक्त क्षेत्रमा माओवादीले टिकट पाएपछि काँग्रेसीहरु पनि असन्तुष्ट देखिएका छन् । यसकारणले बाँके क्षेत्र नम्बर–१ मा एमाले र राप्रपाका तीनै जना उम्मेदवारले यसको फाईदा उठाउँदै बाजि मार्ने प्रयासरत छ ।

बाँके क्षेत्र नम्बर–२ मा प्रदेशसभातर्फ सत्ता गठबन्धन एकआपसमै निर्वाचन भिडेको अवस्थामा नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार बिजयबहादुर यादव र निरक गुरुङ मौकामा चौका हान्ने दाउमा छन् ।

यस्तै बाँके–२ बाट प्रतिनिधिसभामा प्रतिस्प्रर्धा गरिरहेका जसपाका इस्तियाक राई भन्दा राप्रपाका उम्मेदवार डाक्टर धवलशम्शेर राणा करिब १० हजार मतान्तरले अघि छन् । यो तथ्यांक गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमाले र राप्रपाले प्राप्त गरेको मतका आधारमा भनिएको हो । यद्यपी काँग्रेस, माओबादी र खुल्न नचाहेका मतदाताहरुको ठूलो संख्या समेत एमाले–राप्रपाबाट प्रतिनिधि सभा उम्मेदवार डाक्टर धवल शम्शेर राणाप्रति बढ्दोछ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्जको २३ वडा मध्ये २१ र डुडुवा गाउँपालिकाकाका ६ वटै वडा मिलेर बनेको क्षेत्र नम्बर–२ मा डाक्टर धवलप्रति नेपालगन्जका मात्र नभएर ग्रामीण भेग अर्थात डुडुवामा ठूलो लहर चलेकोछ ।

यस्तै क्षेत्र नम्बर–३ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच आन्तरिक कलहका कारण एमालेको निर्वाचन माहोल दैनिक रुपमा राम्रो बन्दै गएको राप्रपाका युवा नेता तथा सहायक महामन्त्री ऋषीराज देवकोटाको दावि छ ।

प्रदेश ‘क’ मा आफ्नै उम्मेदवार आईपी खरेलविरुद्ध माओवादीले स्वतन्त्र उम्मेदावार दलबहादुर सुनारलाई माओबादीमा प्रवेश गराई आधिकारिक उम्मेदवार बनाएपछि माओवादीभित्र ठूलो लडाँई रहेको छ भने प्रतिनिधिसभामा काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र प्रदेश ‘ख’ मा बादशाह कुर्मीलाई उम्मेदवार बनाएकोमा उत्पन्न असन्तुष्टिले माओवादी उम्मेदवार हराउन माओवादी र काँग्रेस उम्मेदवार हराउन काँग्रेसनै लागिरहेकोले क्षेत्र नम्बर–३ मा एमालेका तीनैजना उम्मेदवारको माहोल राम्रो भएको एमाले–राप्रपाका जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक देवराज भारले बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्य बाँके इन्चार्ज एवम् बाँके क्षेत्र नम्बर–१ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सूर्य ढकालले राप्रपासँगको चुनावी तालमेलसँगै अहिले नयाँ ईतिहास रच्ने अवर प्राप्त भएको बताए । उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यसपटकको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई सक्रिय र क्रियाशिलपूर्वक लाग्न जोड दिए ।

एमाले केन्द्रिय सदस्य शान्ति ढकाल, दीपा शर्मा, पशुपतिदयाल मिश्राले एमाले र राप्रपाको चुनावी तालमेलले दुवै पार्टीका सबै उम्मेदवारले जित्ने आधार तय भएको दावी गर्दै एमाले नभेटेको व्यक्ति र नपुगेको कुनै घर नहुने वातावरण बनाउन उम्मेदवारलाई अपील गर्दै विकास र समृद्धिको सवालमा बाँकेका मुद्दा राष्ट्रिय रूपमा स्थापित गर्ने अभिभारा काँधमा आएको धारणा ब्यक्त गरे ।

पार्टी केन्द्रिय अनुशासन आयोगका सदस्य एवम् जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका देवराज भारले नेकपा एमाले र राप्रपासँगको तालमेलले बाँकेमा नयाँ तरङग ल्याएको दावी गरे । नेता भारले एमाले र राप्रपासँगको तालमेलले परमादेशी सरकार सञ्चालन गरेका पार्टी र तिनका उम्मेदवार अत्तालिसकेको उल्लेख गरे ।