नेपालगन्ज २७ कार्तिक : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ का स्थानीयले प्रदेश सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र हमाललाई जिताउने प्रतिक्रिया दिएका छन् ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा बाँके, प्रदेश सभा २ (२) का उम्मेदवार हमाललाई पुनः प्रदेश सांसदको जिम्मेवारीमा पुर्याउनुपर्ने बताए ।
पार्टी मात्र नभएर समग्र नेपालगन्जबासीका लागि कटिबद्ध उम्मेदवार हमाल सबैलाई मिलाएर लैजाने व्यक्ति हुन् ।
‘उहाँले संसद र मन्त्री हुँदा नेपालगन्जको विकासका लागि थुप्रै काम गर्नु भएको छ, नेपालगन्जको समृद्धि र विकासका लागि फेरी पनि उहाँलाई जिताउनुको विकल्प छैन,’ स्थानीय भन्छन् ।
नेपालगन्ज–४ मा हमालसहित काँग्रेसका उम्मेदवार जिताउन प्रत्येक दिन वडाका कृयाशिल सदस्य र अग्रज बसेर छलफल गर्ने, आफै पनि घर–घरमा गएर रुख चिन्हमा मतदान गर्न अनुरोध गरिरहेको वडासभापति ज्ञानेन्द्रसिंह सिजापतिले बताए ।
‘नेपालगन्ज ४ मा शुद्ध पिउने पानीको आवश्यक छ, ब्यवस्थित सडक निर्माण गर्ने नेपालगन्ज उपमहानगरपालिकालाई महानगर बनाउन पनि हमालमार्फत पहल गराउने र नेपालगन्जलाई नमुना सिटीको रुपमा विकास गर्ने अपेक्षा गरेका छौं,’ उनले भने ।
सो क्रममा उम्मेदवार हमालले स्थानीयबासीबाट सकारात्मक प्रतिक्रिया पाएपछि हर्षित हुदै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी