‘चुनावपछि गठबन्धनकै सरकार बन्छ, संघ र प्रदेशबाट बजेट ल्याएर विकास गर्न सजिलो हुन्छ’ : उम्मेदवार राठौंर


‘चुनावपछि गठबन्धनकै सरकार बन्छ, संघ र प्रदेशबाट बजेट ल्याएर विकास गर्न सजिलो हुन्छ’ : उम्मेदवार राठौंर

जानकी (बाँके) २७ कार्तिक : नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौरले निर्वाचन पश्चात संघ र प्रदेशमा काँग्रेससहित गठबन्धनकै सरकार बन्ने बताएका छन् । गठबन्धनको सरकार बन्ने भएकाले विकास निर्माणका लागि संघ र प्रदेश सरकारबाट सहज रुपमा बजेट आउने उनले प्रष्ट्याए ।

‘हिजोका दिनमा एमाले सरकारमा जाने अवस्था थियो, अहिले त एमाले सरकारमा जाने अवस्था नै छैन, देशभरी गठबन्धन गरेका छौं, देशैभर गठबन्धनले जित्ने अवस्था छ,’ क्षेत्र नम्बर–३ अन्तरगत जानकी गाउँपालिका वडा नम्बर–३ मानपुरमा आइतबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले भने ‘चुनावपछि हामै्र सरकार बन्छ, संघ र प्रदेशबाट बजेट ल्याउन सजिलो हुन्छ र विकास निर्माणले गति लिन्छ ।’ एमालेलाई मतदान गरेर आफ्नो अमुल्य मत खेरा नफाल्न उनले सर्बसाधारणलाई आग्रह गरे ।

‘म प्रतिनिधी सभा सदस्य पदको उम्मेदवार छु, बादशा कुर्मी जी प्रदेश सभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ,’ उनले भने ‘हामी दुबै जना उम्मेदवारलाई रुख चिन्हमा मतदान गरेर जिताउनुस्, संघबाट मैले ल्याउँछु, प्रदेशबाट बादशाह जीले बजेट ल्याउनु हुन्छ, अनि यहाँको विकासले फड्को मार्छ ।’ आपसी मतभेद र तिक्ततालाई हटाएर दुबै उम्मेदवारलाई मतदान गर्न नेता राठौंरले विशेष आग्रह गरे ।

क्षेत्र नम्बर ३ मा सुकुम्बासी, भुमिहिन, सिचाई, मल अभाव लगायत थुपै समस्या रहेको कुरा आफुले पाएको भन्दै नयाँ बन्ने सरकारले यि सबै समस्याको समाधान गर्ने बताए । बाँकेमा स्वर्गिय सुशिल कोइरालाले ल्याएको सिक्टा सिचाइँ आयोजनाबाट पानी सञ्चालन हुन नसकिरहेको अवस्थामा सिक्टालाई सञ्चालन गर्न आफुले विशेष पहल गर्ने प्रतिवद्धता जनाए ।

Kids Festival 2022
kanti aarogya hospital

‘मैले पाँच वर्षभित्रमा सुकुम्बासी समस्या समाधान गर्न सकिएन भने अर्को पटक मत माग्न नआउने भनेको छ, यहाँ सिँचाईको समस्या छ, तटबन्धनको समस्या छ, यत्रो सिक्टा सिचाई आयोजना छ, तर खेतबारीमा पानी छैन,’ उनले भने । नेपाली काँग्रेसले यसअघि सरकारको नेतृत्व गर्ने बित्तिकै बृद्ध भत्तालाई ६५ वर्षमा झारेपनि केपी ओली सरकारमा जाने बित्तिकै त्यसलाई हटाईदिएको बताए ।

जानकी गाउँपालिका वडा नम्बर–३ का काँग्रेस वडासभापति बिन्देश्वरी वर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा–३(२)का उम्मेदवार बादशाह कुर्मीले आफु निर्वाचित भएपछि सबै जाती, भाषा, धर्म, समुदायका लागि काम गर्ने बताए । जानकी गाउँपालिकाभित्र रहेका किसान, भुमिहिन, सर्बसाधारण नागरिकका समस्याप्रति आफु गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाए ।

सो क्रममा प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार आशा बिक, प्रदेश सभाका समानुपातिक उम्मेदवार एवम् क्षेत्रीय सभापति मोहम्मद नक्की खाँ लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।