थारु संग्राहलय निर्माण र बन्दाको सौन्दर्यता पुर्नस्थापित प्रमुख एजेण्डा : फुलाराम थारु


थारु संग्राहलय निर्माण र बन्दाको सौन्दर्यता पुर्नस्थापित प्रमुख एजेण्डा : फुलाराम थारु

कोहलपुर २७ कार्तिक : लोकतान्त्रिक–बाम गठबन्धनबाट बाँके निर्वाचन क्षेत्र नम्बर–‘ख’ बाट प्रदेशसभा सदस्य पदका उमेद्वार फूलाराम थारु यतिबेला चर्चामा छन् । प्रदेश सभा–१ ‘ख’ मा उमेद्वारी गराई चुनावी मैदानमा उत्रिएका अन्य उमेद्वारहरुमध्ये ‘हेबी वेट’ उमेदवारका रुपमा रहेको आम मतदाताको बुझाई देखिएको छ ।

फुलारामको लोकप्रियता नै उनको चुनाव जित्ने प्रमुख आधार रहेको मतदाता भेटघाटका क्रममा प्राप्त सद्भाव र समर्थनले पुष्टि गरेको नेपाली काँग्रेस प्रदेश सभा १ ‘ख’ सभापति तथा बाम गठबन्धन प्रदेश सभा १ ‘ख’ संयोजक बलराम शर्मा बताउँछन् । बाँके क्षेत्र नम्बर– १ नेपाली काँग्रेसको प्रभाव क्षेत्र भएकाले लोकतान्त्रिक–बाम गठबन्धनका उमेदवार प्रतिनिधी सभा सदस्यमा युवा तथा खेलकुद मन्त्री एवम् नेकपा माओवादी स्थायी समिति सदस्य महेश्वरजंग गहतराज ‘अथक’ र प्रदेश सभा–१ ‘ख’ सदस्य पदमा नेपाली काँग्रेस महासमिति सदस्य समेत रहेका थारु भारी मतले बिजयी बन्नेमा आफु ढुक्क रहेको निर्वाचन परिचालन संयोजक शर्मा बताउँछन् ।

‘यस क्षेत्रका मतदाताहरुमाझ फूलाराम जीको लोकप्रियता बढ्नुको कारण उनको शालिन तथा सामाजिक व्यक्तित्व रुपमा ख्याती नै हो, निर्वाचनमा यसले ठुलो महत्व राख्ने भएकाले सबैका प्रिय फुलारामको विकल्प मतदातामा छैन’, नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नम्बर– १० का वडा सभापति मेघनाथ भट्टराई दावी गर्छन् ।

यस्तै लोकतान्त्रिक–बाम गठबन्धनका उमेद्वारहरु मतदाता भेटघाट तथा चुनावी सभाका कार्यक्रमहरुलाई व्यापकता दिएका छन् । आइतवार राप्ती सोनारी वडा नम्बर–९ सहित कोहलपुर नगर क्षेत्रका विभिन्न स्थानहरु अन्र्तगत वडा नम्बर– ४, वडा नम्बर–१२ र वडा नम्बर– १० मा मतदाता भेटघाट तथा चुनावी सभा सम्पन्न भएको प्रदेश सभा सदस्य पदका उमेद्वार थारुले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

आईतबारको अन्तिम चुनावी कार्यक्रम कोहलपुर नगरपालिका वडा नम्बर– १० मा चुनावी सभा बाम लोकतान्त्रिक गठबन्धनले सम्पन्न गरेको छ । वडा नम्बर– १० को चुनावी सभालाई नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य उषा पुन, नेपाली काँग्रेस बाँके जिल्ला उप सभापति कृष्ण कार्की, एकिकृत समावजादी नेतृ मञ्जु कोइराला लगाएतका अगुवा नेताहरु बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुलाई बिजयी बनाउन आम मतदाताहरुलाई अपिल गरेका छन् ।

नेपाली काँग्रेसबाट लुम्बिनी प्रदेश समानुपातिक उमेदवार सञ्जु चौधरी, नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश समानुपातिक उमेद्वार विष्णु चौधरी र प्रदेश सभातर्फका प्रत्यक्ष उमेद्वार थारु जस्तो सुकै परिस्थितीमा पनि जनताको पक्षमा उभिने प्रतिबद्वता व्यक्त गरेका छन् ।

यस क्षेत्रमा रहेका सबै वर्ग तथा समुदायलाई उत्तिकै स्थानमा राखेर थारु समुदायको उत्थान र पहिचानका लागि विशेष योजनाका साथ आफू चुनावी मैदानमा खडा भएको प्रतिक्रिया प्रदेश सभा सदस्य पदका उमेद्वार थारुले दिएका छन् ।

कोहलपुर–१० मा रहेको ऐतिहासिक पर्यटकीय क्षेत्र बन्दाको सौन्दर्यता पुनः स्थापित गरेर क्षेत्रकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने अठोट लिएको भन्दै थारु संग्राहलय निर्माणको मुद्दालाई प्राथमिकता राख्ने उनले प्रतिबद्धता जनाएका छन् ।