कोहलपुर २७ कार्तिक : लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । चुनावको मिति नजिकिदैं गर्दा बाँके क्षेत्र नम्बर–१ मा गठबन्धनको चुनावी अभियानलाई तिब्रता दिईएको हो ।
विकासको एजेण्डा लिएर मतदाताको घरआँगनमा पुगिरहेका गठबन्धनका उम्मेदवारलाई स्थानियले खुलेर समर्थन गर्दै आएका छन । आईतबार बाम–लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार महेश्वर गहतराज (अथक) र फुलाराम थारू कोहलपुरका बिभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका छन । बाँके क्षेत्र नम्बर– १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री अथकले आफुहरूको चुनावी अभियानमा स्थानियले खुलेरै समर्थन जनाईरहेको प्रतिक्रिया दिए ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका अथकले क्षेत्र नम्बर–१ का मतदाताले गठबन्धनकै पक्षमा मतदान गर्ने प्रतिवद्दता जनाएको बताए । आफुले बिगतमा गरेका कामको मुल्यांकन गर्ने समय आएको बताउँदै अथकले एक पटक पुनः काम गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताए ।
घरदैलो अभियानकै क्रममा आईतबार कोहलपुरका विभिन्न वडामा पुगेका गठबन्धनका उम्मेदवारलाई स्थानियले जितको अग्रिम शुभकामना समेत दिएका थिए । आईतबार एका बिहानै बृहत घरदैलो गर्न कोहलपुर–१२ चप्परगौंडि पुगेका उम्मेदवारद्धय अथक र फुलारामलाई स्थानीयले भब्य स्वागत समेत गरेका थिए ।
चप्परगौडीका स्थानिय विवेक अधिकारीले जितेर गएपछि सबैको समस्या समाधान गर्दै देश विकासमा लाग्न उम्मेदवारहरुलाई सुझाव दिएका थिए । स्थानीयसँगको भेटमा मन्त्री अथकले खड्गवार–ढकेरी हुँदै सल्यानको घुईयाबारी जोड्ने अन्तरप्रदेशिय सडकको कामलाई तिब्रता दिने र समृद्ध कोहलपुर नगरपालिका बनाउने प्रतिवद्धता जनाएका थिए ।
प्रदेशका उम्मेदवार फुलाराम थारूले जनताको काम गर्ने प्रतिवद्ध रहेको जनाउँदै सबैले मत हालेर जिताउन आग्रह गरेका थिए । गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर–१ को प्रतिनिधि सभातर्फ मन्त्री अथकसँगै प्रदेश सभा–१ (१) मा कृष्णा केसी (नमुना) र प्रदेश सभा–१ (२) मा फुलाराम थारू चुनावि मैदानमा होमिएका छन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी