‘तटबन्धको समस्या हामी समाधान गर्छाैं’ : बादशाह कुर्मी


‘तटबन्धको समस्या हामी समाधान गर्छाैं’ : बादशाह कुर्मी

नेपालगन्ज २७ कार्तिक : बाँके प्रदेश सभा–३ (२) बाट प्रदेश सभा उम्मेदवार बादशाह कुर्मीले मानखोलाले हरेक वर्ष कटान गर्दै आएको किसानको जमिनलाई संरक्षण गर्न आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । खजुरा गाउँपालिकाको वडा नम्बर–२ स्थित गुराँसपुरमा आईतबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय जनतासँग भेटघाट गर्दै समस्या समाधान गर्ने प्रतिवद्धता गरे ।

बाँकेको खजुरा गाउँपालिमा हजारौं किसानको जमिन मानखोला नदीको कारण कटान भैरहेको समस्यालाई तटबन्धको माध्यमबाट संरक्षण गर्ने बताए । कांग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवार कुर्मीले भने, ‘हामीलाई विश्वास गर्नुहोस्, प्रदेश र केन्द्रमा हाम्रो सरकार बन्ने बित्तिकै हामी तटबन्ध गर्दै जनताको जमिनलाई संरक्षण गर्छौं ।’

नेता कुर्मीले भोट पाउनको लागि जनतामाझ झुट नबोल्ने बताए । उनले अगाडी भने,‘ हामी झुटको राजनीति गदैनौं, मैले आफ्नो जीवन जनताको सेवामा समर्पित गरेको छु, दुई पटक संविधान सभाको सदस्य भए । यसअघि पनि यस क्षेत्रबाट मैले चुनाव लडेको थिए, तर हारे । नन्दलाल र बाबुराम जीले चुनाव जित्नु भयो, उहाँहरुको स्थानीय तह, प्रदेश, केन्द्र तिनै ठाउँमा सरकार थियो, तर उहाँहरुले यस क्षेत्रको विकास कति गर्नु भयो त्यो सबैलाई थाहा छ ।’

उम्मेदवार कुर्मीले परसपुर–गौघाट सडक र किरण नालाको पुल यसै वर्ष पुरा गर्ने बाचा गरेको छन् । उनले भने, ‘परसपुर–गौघाट सडक खण्ड चार वटा गाविस अध्यक्षले मिलेर नक्सा बनाएर सुरुआत गरेका थियौं, त्यसको नेतृत्व मैले गरेको थियो, त्यसयता सडकको स्तरउन्नती हुन सकेको छैन, हामी विजयी भए यसैवर्ष पिच गर्नेछौं ।’

Kanti Aarogya Hospital Nepalgunj

खजुरा गाउँपालिकामा कृषकको आर्यस्रोत बढाउन सिंचाई सुबिधालाई सहज गराउने उम्मेदवार कुर्मीले संकल्प लिएको बताए । ‘बाँके क्षेत्र नम्बर ३ भनेको कृषि क्षेत्र हो, यस क्षेत्रको विकासमा कृषिले महत्वपुर्ण भुमिका खेलेको छ, कृषि क्षेत्रलाई व्यवसायिक बनाउने योजना सहित हामी चुनावी मैदानमा छौं,’ उनले भने ‘किसानको सुरक्षा, सहज रुपमा मल, बीउँको उपलब्धतालाई हामीले अध्ययन गरेका छौं, वडा देखी लिएर केन्द्र सम्मको एउटा नीति बनाएर काम गर्नेछौं ।’