आम निर्वाचन २०७९

बाँके–२ मा काँग्रेस सबैभन्दा अगाडी, बाजी मार्दै सुदीप नरसिंह राणा


बाँके–२ मा काँग्रेस सबैभन्दा अगाडी, बाजी मार्दै सुदीप नरसिंह राणा

नेपालगन्ज २७ कार्तिकः आगामी मंसिर ४ गतेको निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनबाट प्रतिनिधी सभा बाँके, क्षेत्र नम्बर–२ का उम्मेदवार सुदीप नरसिंह राणाको जित्ने सम्भावना प्रवल देखिएको छ । कारण हो, क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसको सबैभन्दा बढी मत हुनु र त्यसमाथि मतदाताको विश्वास ।

निर्वाचनका लागि काँग्रेससहित माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन रहेको छ ।

राणा क्षेत्र नम्बर–२ का लागि पुराना अनुहार हुन् । जसले नेपालगन्जमा बसेर बिगत ३८ वर्ष देखि नेपाली काँग्रेसमा रहेर राजनीति गरिरहेका छन् ।

राणाको राजनीतिक यात्रा २०४२ देखि सुरु भएको हो । सुरुमा नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो । नेपाल बिद्यार्थी संघको सदस्यता लिएर राजनीतिक यात्रा तय गरेका थिए । सो पश्चात तरुण दल हुँदै नेपाली काँग्रेसमा लामो समयदेखि विना कुनै स्वार्थ उनी लागि रहेका छन् । सुदिपको व्यक्तिगत आचरणको कुरा गर्ने हो भने, उनी पदका लागि आफू कहिलै स्वार्थी भएनन् ।

सधैं समाजसेवाका लागि मैले राजनीति गरेको हो भन्ने सुदीप समाजसेवी व्यक्तिले पद र व्यक्तिगत स्वार्थका लागि लाग्नु हुन्न भन्ने मानसिकता उनको रहेको छ । राजनीतिमा मात्र नभएर उनको परिवार नै सामाजिक कार्यमा पनि अग्रसर रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सुदीपको परिवार विगत ६० वर्षदेखि नेपाली काँग्रेसमा आवद्ध रहेको छ । निर्वाचन आयोगले तोकेको समय सीमाअवधिदेखि सुदीप निरन्तर चुनावी प्रचारमा सक्रिय छन् । चुनावी प्रचारमा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका क्षेत्रमा रहेको मतदाताका घरदैलोमा उनी पुगिरहेका छन् । तर, चुनावी प्रचारमा जाँदा उनलाई जनताले विश्वास गरेको वतावरण देख्न सकिन्छ । स्थानीय मतदाताले खुलेरै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्ने गरेको राणा बताउँछन् ।

चुनावी माहोलमा प्रतिस्पर्धी उम्मेदवारका लागि राणा नयाँ अनुहार भएतापनि क्षेत्र नम्बर–२ का लागि उनी पुरानो अनुहार भएकाले उनलाई मतदाता समक्ष भोट माग्नका लागि सहज भएको अनुमान लगाउन सकिन्छ । त्यसैले उनको चुनावी प्रचारमा नेपाली काँग्रेसका नेता तथा कार्यक्रर्ता सहित स्थानीयको पनि सहभागिता देख्न सकिन्छ । उनी चुनावी अभियानमा प्रत्येक मतदातको घरदैलोमा पुगेर उनीहरुको समस्या बुझ्नु पर्छ भन्ने मानसिकता राख्ने व्यक्ति हुन् । उनी चुनावी प्रचारका क्रममा जनताका समस्यालाई पनि बुझ्ने प्रयास गरेको पाइन्छ ।

बाँके, क्षेत्र नम्बर–२ मा प्रतिनिधी सभाका लागि प्रतिस्पर्धीका रुपमा सुदीप बाहेक जनता समाजवादी पार्टी (जसपा) का उम्मदेवार मोहम्मद इश्तियाक राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार डाक्टर धवलसम्शेर राणा रहेका छन् । तर, यस क्षेत्रमा काँग्रेसले पाएको भोट हेर्ने हो भने सुदीपको बहुमत देखिन्छ ।

स्थानीय चुनावको तथ्यांक हेर्ने हो भने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा काँग्रेसले सबैभन्दा बढी मत ल्याएर पहिलो पार्टी बनेको थियो । नेपालगन्जको वडा नम्बर १६ र १७ बाहेक बाँकी २१ वटा वडा क्षेत्र नम्बर–२ मा पर्छन्, भने डुडुवाका सबै ६ वटा वडा क्षेत्र नम्बर –२ मा पर्छन् ।

स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरुले प्राप्त गरेको मत अनुसार सबैभन्दा बढी काँग्रेसको १८ हजार ३७ मत रहेको छ । यसैगरी एमालेको १५ हजार ४ सय ७८, जनता समाजवादी पार्टी (जसपा) को १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत रहेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) को ६ हजार ८ सय ५९, नेकपा (एकिकृत समाजवादी) को ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ । यसकारण नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका कार्यकर्ताले ईमान्दारीपुर्वक सुदीप नरसिंह राणालाई मत दिने हो भने उनले जित्ने सम्भावना प्रवल रहेको विश्लेषण अहिले भइरहेको छ ।