नेपालगन्ज २७ कार्तिक : बाँके, प्रदेश सभा–२ (२) का सुरेन्द्र हमालले आफु निर्वाचित भएपछि बेरोजगार महिलालाई सिपमुलक तालिमको ब्यवस्था गरेर आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ मा घरदैलोका क्रममा उपस्थित महिलाले बेरोजगारी समस्याबारे कुरा राखेपछि हमालले यस्तो बताएका हुन् । उक्त वडाका अधिकांश महिला बेरोजगार छन् ।
हमाल निर्वाचित भएपछि ईच्छा अनुसारको तालिम तथा सीप सिक्न पाउने अपेक्षा गरेको महिलाहरु बताउँछन् । पहाडी, मुस्लिम र मधेशी समुदायको मिश्रित बसोबास रहेको उक्त वडामा अझ बढी मधेशी तथा मुस्लिम समुदायका महिलाहरु बेरोजगार छन् ।
‘हामी सुरेन्द्र हमाललाई जिताउँछौं, तर जितेपछि हामीलाई हामीले गर्न सक्ने केही सिप मुलक तालिमको व्यवस्था गरिदिनुपर्छ,’ महिलाले भने ‘सीप मुलक कार्यक्रम नेपालगन्ज वडा नम्बर १ मा ल्याउनुपर्छ ।’
काँग्रेस नेता समेत रहेका उम्मेदवार हमाललाई साधारण जीवनशैली भएको सक्षम, ईमान्दार र विकासप्रेमी व्यक्तिका रुपमा चिनेको वडा नम्बर–१ का स्थानीयले बताए । महिला केन्द्रित मात्र नभई वडा नम्बर –१ मा शुद्ध खानेपानी, उज्यालोको लागि बिजुली बत्ती र सडकको पनि समस्या भएको र त्यसको समाधानका लागि हमालमार्फत पहल गराउने स्थानीयले बताए ।
स्थानीय तहको निर्वाचनको भन्दा बढी मत ल्याउने गरी दिनरात नभनेर प्रत्येक घरमा जादै हमाल लगायत काँग्रेसका उम्मेदवारलाई जिताउन अपिल गरिरहेको वडा सभापति सितादेवी काफ्लेले बताईन् ।