नेपालगन्ज २८ कार्तिक : लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर–१ को उम्मेदवार बनेका माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराज (अथक) दोस्रो कार्यकालका लागी प्रतिनिधी सभा निर्वाचनको चुनावी मैदानमा होमिएका छन् । विकासबादी नेताको छबि बनाएका अथकको उम्मेदवारीले यस क्षेत्रका नागरीक उत्साहित भएका छन् ।
२०७४ सालमा यस क्षेत्रबाट विजयी भएपछि थुप्रै दीर्घकालिन महत्वका योजनालाई अगाडी बढाएकै कारण उनको चर्चा जिल्लाभरी नै छ । लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनको जित निश्चित जस्तै रहेको स्थानीयको भनाई छ ।
राप्तीसोनारी–६ का राम प्रसाद थारुले २०७४ सालमा उम्मेदवार हुँदा अथक को हो ? भनेर चिनाउनु परेपनि अब अथकबारे सबै जनता जानकार रहेको बताए । राप्ती नदीमा पक्कि तटबन्धको काम सुरु गर्ने, दर्जनौं उत्तर दक्षिण र पुर्व पश्चिमफर्केका बाटोहरु निर्माण गरेर अथकले बिकासको जग तयार पारेको उनको भनाई छ ।
पाँच वर्ष पहिले राप्तीसोनारीका जनतालाई बिरामी भए अस्पताल पु¥याउन नसकेर घरमै मृत्यु हुनेहो की ? भन्ने चिन्ता थियो । तर, अथकको कार्यकालमा सडक सञ्जालसँगै प्रारम्भिक चरणको अस्पताल गाँउमै बनेपछि आधा घण्टा भित्र अस्पताल पुग्न सकिने अवस्था सृजना भएको उनको भनाई छ ।
अथक सांसद र मन्त्री भई सकेपछि हुलाकी सडकको काम सम्पन्न भएको छ । राप्तीसोनारीको मेहमानपुरदेखी अगैया जोड्ने सडक निर्माण गरिएको छ । नरैनापुरलाई महेन्द्र राजमार्गसँग जोड्न नरैनापुरदेखि अगैयासम्म ट्रयाक खोलिएको छ । अगैयादेखि मध्यभागको गाँउहरु जोड्दै नेपालगन्ज विमानस्थलदेखि बर्दियाको बढैयाताल हुँदै राजपुरसम्म पुग्ने सडक निर्माण सुरु भएको छ ।
नरैनापुर–१ मोलेहे यादवले आफुहरुले पहिलो पटक विकासको चाहना भएको नेता पाएको बताउँछन् । अथकले दुर्गम नरैनापुरलाई सुगम नरैनापुरमा परिणत गरिदिएको उनको बुझाईछ । उनले बिगतमा समेत उक्त निर्वाचन क्षेत्रले सांसद र मन्त्री पाएपनि अथक निर्वाचित भएपछि मात्र नरैनापुरको मुहार फेरीएको बताए ।
पोल गाडेको करिब ३० वर्षपछि अथककै पहलमा गाँउमा बिद्युुत पुग्दा आफुहरु दङ्ग भएको उनको भनाई छ । विद्युत पुगेसँगै नरैनापुरमा कृषि उत्पादन बढ्नुका साथै साना तथा घरेलु उद्योगहरु समेत स्थापना हुने क्रम बढेको उनी बताउँछन् । ‘विद्युत नहुँदा गाँउमा सामान्य उद्योग खोल्न पनि गाह्रो थियो’ उनले भने ‘विद्युतको सहज पहुँच भएदेखी गाँउमै उद्योग कलकारखाना खोल्ने क्रम बढ्दै गएको छ ।’
विद्युतको उपलब्धताले धारामा मोटर जडान गरेर तरकारी खेती गर्न सहज भएको उनको अनुभव छ । सरकारले यस क्षेत्रका कृषकहरुका लागि डिप बोरिङको ब्यवस्था गरीदिए बाह्रै महिना कृषि उत्पादन गर्न सकिने यादव बताउँछन् ।
अथकले सुख्खा क्षेत्रका लागी दर्जनौ डिप बोरीङ गाड्ने योजनाहरु आगाडी सारेको बताउँदै यादवले पुर्बी नरहको काम पनि अथककै योजनामा अगाडी बढेको बताए ।
नरैनापुर–६ मा उच्च शिक्षा अध्ययन गर्दै आएका स्थानीय रामशंकर धोबिले अथक सांसद भएपछि आफुहरुले रहर लाग्दा बिद्यालय भवन र प्राबिधीक धारको शिक्षा अध्ययन गर्न पाएको बताउँछन् । उनले भने ‘यस क्षेत्रका जिर्ण बिद्यालय भवनलाई अथकले पक्कि भवनमा परिणत गरीदिनुभएको छ ।’ अथकले शिक्षा क्षेत्र परिर्वतका लगी ठुलो जग बसालेको उनको भनाई छ ।
उनले यस क्षेत्रका लागी अथक निर्बिकल्प उम्मेदवार भएको बताए । पहिलो कार्यकालमा ठुला र दीर्घकालिन महत्वका योजना अगाडी सारेका अथकको आगमी कार्यकालमा यस क्षेत्रले मुहार फेर्नेमा आफु विश्वस्त रहेको उनले बताए ।
अथककै पहलमा बाँके क्षेत्र नम्बर–१ मा टिनको छानो रहित बिद्यालय बनाउने अभियान द्रुत गतिमा अगाडी बढेको छ । अथकले पुर्वाधार बिकास कार्यक्रमको अधिकासं बजेट शिक्षा क्षेत्रमा लगानी गरेका छन् । कोहलपुर क्षेत्र नम्बर–१ मा अथकले झण्डै २ सय बिद्यालयको पक्कि कक्षाकोठा निर्माण गराएका छन् । जसबाट त्यस क्षेत्रका झण्डैं ८ हजार बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन् । उनको पहलमा यस क्षेत्रका ४ विद्यालयमा प्राबिधिक धारको पढाईको सुरु भएको छ । नरैनापुरको जय किसान माबि, कोहलपुरको लक्ष्मि माबि र कोहलपुरको ज्ञान ज्योती माविमा अहिले प्राबिधिक धारका कक्षाहरु सञ्चलन भईरहेका छन् ।
खेलकुद मन्त्री भईसकेपछि अथकले कोहलपुरमा क्रिकेट एकेडमी निर्माण गर्ने पहिलो निर्णय गरेका थिए । कोहलपुर–११ मा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँगै क्रिकेट एकेडमीको काम अगाडी बढेको छ । डीपिआर सम्पन्न भएको छ भने जग्गाको भोगाधिकारको काम सम्पन्न भएसँगैै निर्माण प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ । उनकै पहलमा कोहलपुर–२ मा कवर्ड हल र फुटबल एकेडेमी निर्माणको प्रक्रिया सुरु भएको छ, भने कोहलपुरमा आधुनिक सिटी हल निर्माण गर्ने अथकको योजना छ ।
नेपालगंज रंगशालाको क्षमता बिकास, सेन्थेटीक ट्रयाक निर्माण, फल्डलाईट जडान गर्ने योजना समेत टेण्डर प्रक्रियामा छ । कोहलपुरलाई ट्रन्जिट आधुनिक शहर, राप्तीसोनारी र नरैनापुरलाई कृर्षि र पर्यटनको हवको रुपमा बिकास गर्ने उनको सोँच छ ।
बिकास पहुँुचका आधारमा नभई आवश्यकताका आधारमा हुनुपर्दछ भन्ने मान्यता बोकेका अथक सांसद भईसके पश्चात हरेक महिना आप्mनो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्न आउने नियम नै बनाएका थिए । महिनामा २ पटक अनिर्वाय आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने उनी सरल स्वभावका नेता हुन् ।
स्थानीय स्तरका ठुला तथा साना र सार्वजनिक महत्वका बिषयमा संसदलाई सधैं ध्यानाकर्षण गराउने अथकले आफ्नो पाँच वर्षिय कार्यकालमा सार्वजनिक महत्वको विषयमा ३७ पटक संसदमा कुरा उठाएका थिए ।