काँग्रेसका अगुवा नेता भन्छन्, ‘राष्ट्रिय स्तरमा हैसियत नभएको पार्टीका उम्मेदवार कसरी मन्त्री बन्लान् ?’


काँग्रेसका अगुवा नेता भन्छन्, ‘राष्ट्रिय स्तरमा हैसियत नभएको पार्टीका उम्मेदवार कसरी मन्त्री बन्लान् ?’

नेपालगन्ज २९ कार्तिक : नेपाली काँग्रेसका अगुवा नेताहरुले आगामी मंसिर ४ गतेको निर्वाचन पश्चात बन्ने संघ र प्रदेश सरकारका साना दलको प्रतिनिधित्व हुन नसक्ने भएकाले मतदान गर्दा गम्भीर भएर सोच्न बाँके क्षेत्र नम्बर–२ का सर्बसाधारणलाई अपिल गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले संबिधानको रक्षा नगर्ने हो भने समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने बताउँदै निर्वाचन पश्चात नेपाली काँग्रेसले नै विकास र समृद्धिको नेतृत्व गर्ने बताए ।

स्वर्गीय सुशील कोइरालाको पालामा स्वीकृत भएको विकासको अनुभुती बाँकेबासीले अहिले गरिरहेको बताउँदै भने, ‘सुशील कोइरालाकै पालामा नेपालगन्जमा परिर्वतन आएको हो, तर एउटाले विकास ल्याउँछ, अर्कोले रिवन काट्छ ।’ अस्तित्वमा नरहेका साना दलका उम्मेदवारलाई जिताएर भविष्यमा पछुताउनु बाहेक अरु केही नहुने उनको भनाई छ ।

प्रतिनिधी सभा क्षेत्र नम्बर–२ का उम्मेदवार सुदीपनरसिंह राणाले स्वर्गीय सुशील कोइरालाले धेरै विकास ल्याएको बताए । ‘यो क्षेत्र सुशिल दाईको क्षेत्र हो, सुशील दाईले वास्तवमा बाँकेका लागि कहिल्यै नबिर्सने चार÷पाँच वटा महत्वपूर्ण काम गर्नुभयो, केही काम बाँकी होलान्, हामीले जितेपछि काम गर्नेछौं,’ उनले भने ।

Kanti Aarogya Hospital Nepalgunj

क्षेत्र नम्बर–२ का सभापति रमेश गुप्ताले स्वर्गीय सुशील कोइरालाले यस क्षेत्रका जनताका लागि धेरै काम गरेको बताए । ‘एडिबी, सिक्टा सिँचाई, भेरी प्राविधिक शिक्षालय स्थापना लगायत थुप्रै काम सुशील दाईले गर्नु भएको हो,’ उनले भने ‘नेपाली काँग्रेसका उम्मेदवार जनताका हकहितका लागि लडेर आएका छन्, पत्रकार साथीहरुलाई मेरो अनुरोध छ, अरु पार्टीका उम्मेदवारका झुट्टा कुरालाई सडकमा ल्याईदिनुपर्यो ।

नेपाली काँग्रेसका नेता अजितकुमार शर्माले बाँकेको क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धन जुन पार्टीसँग चुनाव लडिरहेको छ, दुबै पार्टीको राष्ट्रिय स्तरमा हैसियत नै नभएको बताए ।

‘राप्रपा देशभर जम्मा तीन वटा सिटमा चुनाव लडिरहेको छ, जनता समाजवादी पार्टी(जसपा) देशभर १७ सिटमा मात्रै चुनाव लडेको छ,’ उनले भने ‘यि सिटमा पनि जित्ने ग्यारेन्टी छैन, यदी जितिहाले भनेपनि भोली यिनीहरु कसरी मन्त्री बन्लान् र बाँके क्षेत्र नम्बर–२ को विकास होला ? बरु नेकपा एमालेले भन्न सुहाउँछ ।’

राप्रपा र जसपाले केही सिट जितेपनि सरकारमा सहभागी हुनका लागि काँग्रेसको खुट्टा समात्नुपर्ने नेता शर्माको विश्लेषण छ ।